नागरिकता विधेयक प्रमाणीकरणमा गर्न नहुने काम भएको छ : पूर्वराष्ट्रपति
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया नमिलेको बताएकी छिन् । अघिल्लोपटक एक प्रकारले अस्वीकृत भैसकेको विधेयक नयाँ संसद् आएपछि संसद्बाटै पुनः पास गरेर राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पेस हुनुपर्नेमा त्यसो नभई पहिलाकै अवस्थामा प्रमाणीकरण गर्दा प्रक्रियागत त्रुटि भएको उनले बताइन् ।
'त्यो विधेयक बेठिक थियो, प्रमाणीकरण प्रक्रिया पनि बेठिक भयो । आफ्नो देश कमजोर होस् भन्ने चाहना कसैको हुन्न तर यहाँ आफ्नो देश कमजोर होस्, केही मतलब छैन । अर्काको प्रशंसा गरिरहनुपर्ने कस्तो शैली हो ? किन त्यस्तो गर्नुपर्यो ? बरु मरिन्छ, देशमाथि गद्दारी गरिन्न, मेरो यही बटमलाइनले त्यस्तो काम गर्न दिएन', भण्डारीले शुक्रबार साँझ आफ्नै निवासमा केही सञ्चारकर्मीसँग भनिन् । भण्डारीले नागरिकता विधेयक नयाँ सविधानअनुसार नआएको पनि दाबी गरिन् । 'नयाँ संविधानअनुसार ल्याउनुपर्यो नि त, पुरानो संविधानअनुसारको नागरिकता ऐन संशोधन गरेर ल्याइएको हो । नयाँ संविधान २०७२ सालमा जारी भएको हो तर त्योभन्दा पहिलाको संविधानअनुसारको नागरिकता ऐन संशोधन गरेर ल्याइएको विधेयकलाई कसरी स्विकार्नु हुन्छ ?' उनले भनिन्, 'गर्न नहुने काम भएको छ ।' आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘देशको राजधानी काठमाडौँबाट सरेर चितवन गएको जस्तो देखियो’
-
देश जलाउने द्रोहीहरूलाई अब बन्ने न्यायिक आयोगले कारबाही गर्नुपर्छ : झाँक्री
-
५ केन्द्रीय सदस्यसहित ३३ नेता–कार्यकर्ताद्वारा विप्लव नेतृत्वको माओवादी छाडेको घोषणा
-
स्याङ्जामा जिप दुर्घटना : एक जनाको मृत्यु, २० जना घाइते
-
पार्वती’को रत्यौली गीत ‘नौतुनाको रेलैमा’ नीता र दीपाको छमछमी
-
सीमाविद् श्रेष्ठ भीमसेन थापा पुरस्कारबाट पुरस्कृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण