नागरिकता विधेयक प्रमाणीकरणमा गर्न नहुने काम भएको छ : पूर्वराष्ट्रपति
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया नमिलेको बताएकी छिन् । अघिल्लोपटक एक प्रकारले अस्वीकृत भैसकेको विधेयक नयाँ संसद् आएपछि संसद्बाटै पुनः पास गरेर राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पेस हुनुपर्नेमा त्यसो नभई पहिलाकै अवस्थामा प्रमाणीकरण गर्दा प्रक्रियागत त्रुटि भएको उनले बताइन् ।
'त्यो विधेयक बेठिक थियो, प्रमाणीकरण प्रक्रिया पनि बेठिक भयो । आफ्नो देश कमजोर होस् भन्ने चाहना कसैको हुन्न तर यहाँ आफ्नो देश कमजोर होस्, केही मतलब छैन । अर्काको प्रशंसा गरिरहनुपर्ने कस्तो शैली हो ? किन त्यस्तो गर्नुपर्यो ? बरु मरिन्छ, देशमाथि गद्दारी गरिन्न, मेरो यही बटमलाइनले त्यस्तो काम गर्न दिएन', भण्डारीले शुक्रबार साँझ आफ्नै निवासमा केही सञ्चारकर्मीसँग भनिन् । भण्डारीले नागरिकता विधेयक नयाँ सविधानअनुसार नआएको पनि दाबी गरिन् । 'नयाँ संविधानअनुसार ल्याउनुपर्यो नि त, पुरानो संविधानअनुसारको नागरिकता ऐन संशोधन गरेर ल्याइएको हो । नयाँ संविधान २०७२ सालमा जारी भएको हो तर त्योभन्दा पहिलाको संविधानअनुसारको नागरिकता ऐन संशोधन गरेर ल्याइएको विधेयकलाई कसरी स्विकार्नु हुन्छ ?' उनले भनिन्, 'गर्न नहुने काम भएको छ ।' आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा क्षेत्रका समस्या समाधान गर्न संघीय शिक्षा ऐन आवश्यक छ : मन्त्री चौधरी
-
नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन : अध्यक्ष ओली
-
पर्यटन प्रवर्द्धनमार्फत समृद्धि हासिल गर्न सबै एकजुट हुनुपर्छ : सभामुख घिमिरे
-
चापाकल सुकेसँगै वीरगञ्जमा खानेपानीको अभाव
-
उपेन्द्र यादवको पार्टीमा अपमान र जालझेल सहन नसकेर अलग भएकी हुँ : रेणु यादव
-
नेपाल चार्टर एकाउन्टेन्ट सङ्घ लुम्बिनी प्रदेशकाे अध्यक्षमा पोखरेल