सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

समाजवादी मोर्चा मंगलबार घोषणा हुनसक्छ : महरा

आइतबार, ०३ असार २०८०, १० : ४४
आइतबार, ०३ असार २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले समाजवादी मोर्चा मङ्गलवार घोषणा गर्ने तयारी गरिएको बताएका छन् । एमाले बाहेक कम्युनिस्ट र समाजवादी पार्टी मिलेर समाजवादी मोर्चा घोषणा गर्न लागिएको हो ।

समाजवादी मोर्चाको नाम, घोषणापत्र र समसामयिक विषयमा कार्यपत्र तयार भइसकेको महराले बताए । उनले मोर्चाको नेतृत्व, साङ्गठनिक संरचना लगायत विषयमा आज र भोलिसम्म टुङ्गो लगाइने बताए । अहिले तत्काल माओवादी केन्द्रसहित जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा समेटिने भएका छन् । बाबुराम भट्टराई र वामदेव गौतम नेतृत्वको पार्टीलाई समेट्ने विषयमा छलफल जारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप