समाजवादी मोर्चा मंगलबार घोषणा हुनसक्छ : महरा
आइतबार, ०३ असार २०८०, १० : ४४
काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले समाजवादी मोर्चा मङ्गलवार घोषणा गर्ने तयारी गरिएको बताएका छन् । एमाले बाहेक कम्युनिस्ट र समाजवादी पार्टी मिलेर समाजवादी मोर्चा घोषणा गर्न लागिएको हो ।
समाजवादी मोर्चाको नाम, घोषणापत्र र समसामयिक विषयमा कार्यपत्र तयार भइसकेको महराले बताए । उनले मोर्चाको नेतृत्व, साङ्गठनिक संरचना लगायत विषयमा आज र भोलिसम्म टुङ्गो लगाइने बताए । अहिले तत्काल माओवादी केन्द्रसहित जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा समेटिने भएका छन् । बाबुराम भट्टराई र वामदेव गौतम नेतृत्वको पार्टीलाई समेट्ने विषयमा छलफल जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण