शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको आधिकारिक लोगो सार्वजनिक

आइतबार, ०३ असार २०८०, १२ : ५०
आइतबार, ०३ असार २०८०

काठमाडौँ । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स मिलेर बन्ने प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको आधिकारिक लोगो सार्वजनिक भएको छ । आइतबार दुई कम्पनीको प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँ (प्रभु लाइफ) र रमेशकुमार भट्टराई (लक्ष्मी लाइफ) ले संयुक्त रूपमा एक सम्झौता पत्रमा हस्ताक्षर गर्दै आधिकारी लोगो सार्वजनिक गरेका हुन् । 

दुई कम्पनी मर्जरपछि बन्ने महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडलाई यही जेठ २९ गते नेपाल धितो पत्र बोर्डले मर्जरको अन्तिम स्वीकृति दिएको थियो । बोर्डबाट स्वीकृति पाएसँगै यी दुई कम्पनीले यहीँ असारभित्र एकीकृत कारोबार सुरु गर्ने गरेको छ ।  यसका लागि दुवै कम्पनीको संयुक्त मर्जर समिति, सञ्चालक समिति र व्यवस्थापन समूह तयारीमा लागि सकेको लक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले जानकारी दिए । यसै तयारी स्वरूप कम्पनीले आइतबार लोगो सार्वजनिक गरेको हो ।

संयुक्त मर्जर समितिको निर्णयअनुसार दुवै कम्पनीको भावना प्रतिबिम्बित हुने गरी नयाँ लोगो तयार गरिएको तथा एकीकृत कारोबार पछि प्रचलनमा ल्याइने भट्टले जानकारी दिए । प्रभु लाइफ र महालक्ष्मी लाइफको देशै भरी १६७ शाखा÷उपशाखा सञ्चालनमा भई ४४९ कर्मचारी कार्यरत रहेका छन् । प्रभु लाइफको बोनस शेयर जारी पछि दुवै कम्पनीको गरी ४२९.६ करोड चुक्ता पुँजी हुनेछ । बीमा प्राधिकरणले तोकेको ५०० करोड चुक्ता पुँजीको लागि एकीकृत कारोबार पछि ९० करोड बराबर प्रिमियम मूल्यमा एफपिओ जारी गर्ने सहमति समेत भएको भट्टले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप