सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

संसद् बैठक : कांग्रेसले सुरुमै ‘ढ्यापढ्याप’ गर्ने

शुक्रबार, २८ वैशाख २०८१, १२ : १२
शुक्रबार, २८ वैशाख २०८१

काठमाडौँ । नेपाली कांग्रेसले रास्वपा सभापति रवि लामिछानेलाई बोल्न दिने तर संसद्को अन्य कामकारबाही अघि बढ्न नदिने निर्णय गरेको छ । 

शुक्रबार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । बैठकको निर्णय अनुसार कांग्रेसले बैठकको सुरुमै ‘ढ्यापढ्याप’ गरेर सभामुखको ध्यानाकर्षण गराउने छ । त्यसपछि आफू बोल्ने र रवि लामिछानेले बोल्न समय मागे दिने र उनी बोलेपछि पुन संसद् अवरोध गर्ने निर्णय गरेको नेता विमलेन्द्र निधिले जानकारी दिए ।

नेपाली कांग्रेसले सहकारी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री समेत रहेका रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नभएसम्म संसद् अवरोधको अडान कायमै राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप