संसद् बैठक : कांग्रेसले सुरुमै ‘ढ्यापढ्याप’ गर्ने
शुक्रबार, २८ वैशाख २०८१, १२ : १२
काठमाडौँ । नेपाली कांग्रेसले रास्वपा सभापति रवि लामिछानेलाई बोल्न दिने तर संसद्को अन्य कामकारबाही अघि बढ्न नदिने निर्णय गरेको छ ।
शुक्रबार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । बैठकको निर्णय अनुसार कांग्रेसले बैठकको सुरुमै ‘ढ्यापढ्याप’ गरेर सभामुखको ध्यानाकर्षण गराउने छ । त्यसपछि आफू बोल्ने र रवि लामिछानेले बोल्न समय मागे दिने र उनी बोलेपछि पुन संसद् अवरोध गर्ने निर्णय गरेको नेता विमलेन्द्र निधिले जानकारी दिए ।
नेपाली कांग्रेसले सहकारी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री समेत रहेका रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नभएसम्म संसद् अवरोधको अडान कायमै राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्स र मोरक्कोबिच प्रतिस्पर्धा सुरु
-
सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन
-
मनसुन थप सक्रिय, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
-
चन्द्रगढी वनमा आयुर्वेदिक औषणीय गुण भएका वनस्पति रोपिँदै
-
आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
-
गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर मरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण