गण्डकी प्रदेश सरकार विवाद : खगराज अधिकारी पक्षपनि सर्वोच्चमा
काठमाडौँ । गण्डकी प्रदेश सरकारबारेको विवादमा मुख्यमन्त्री खगराज अधिकारी पक्ष पनि सर्वोच्च अदालत पुगेको छ ।
न्यायाधीश अव्दुल अजीज मुसलमानको इजलासमा शुक्रबार रिटको सुनवाइ तोकिएसँगै अधिकारी पक्ष पनि सर्वोच्च पुगेको हो । अधिकारी पक्षले सुरेन्द्र पाण्डेयको रिटमा इन्टरभेन्सन (प्रतिरक्षा) बहस गर्ने छन् ।
दुवै पक्षलाई बहसका लागि ४५–४५ मिनेटको समय निर्धारण गरेर बहस सुरु भएको छ ।
कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतको विषयलाई लिएर मंगलबार सर्वोच्चमा रिट दर्ता गराएका थिए ।
दायर रिटमा गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी र मन्त्रिपरिषद्को कार्यालय पोखरा समेतलाई विपक्षी बनाइएको छ । गएको आइतबार प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले राखेको विश्वासको मतबारेको प्रस्तावमा सभामुख कृष्ण धितालले ६० सदस्यमा ३० सांसदको समर्थनलाई विश्वासको मत प्राप्त भनी गरेको घोषणा गरेपछि कांग्रेसले अदालतको ढोका ढकढक्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण