सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेश सरकार विवाद : खगराज अधिकारी पक्षपनि सर्वोच्चमा

शुक्रबार, २८ वैशाख २०८१, १२ : १८
शुक्रबार, २८ वैशाख २०८१

काठमाडौँ । गण्डकी प्रदेश सरकारबारेको विवादमा मुख्यमन्त्री खगराज अधिकारी पक्ष पनि सर्वोच्च अदालत पुगेको छ । 

न्यायाधीश अव्दुल अजीज मुसलमानको इजलासमा शुक्रबार रिटको सुनवाइ  तोकिएसँगै अधिकारी पक्ष पनि सर्वोच्च पुगेको हो ।  अधिकारी पक्षले सुरेन्द्र पाण्डेयको रिटमा इन्टरभेन्सन (प्रतिरक्षा) बहस गर्ने छन् । 

दुवै पक्षलाई बहसका लागि ४५–४५ मिनेटको समय निर्धारण गरेर बहस सुरु भएको छ ।

कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतको विषयलाई लिएर मंगलबार सर्वोच्चमा रिट दर्ता गराएका थिए ।  

दायर रिटमा गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी र मन्त्रिपरिषद्को कार्यालय पोखरा समेतलाई विपक्षी बनाइएको छ । गएको आइतबार प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले राखेको विश्वासको मतबारेको प्रस्तावमा सभामुख कृष्ण धितालले ६० सदस्यमा ३० सांसदको समर्थनलाई विश्वासको मत प्राप्त भनी गरेको घोषणा गरेपछि कांग्रेसले अदालतको ढोका ढकढक्याएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप