क्रिकेट
आसिफको अर्धसतक पूरा, कुशल ९९ रनमा आउट
आइतबार, ०३ असार २०८०, १४ : ४५
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको जिम्बाबेविरुद्घको आफ्नो पहिलो खेलमा आइतबार नेपालले ३१.५ ओभरमा एक सय ७१ रन बनाउँदै पहिलो विकेट गुमाएको छ । नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल ९९ रन बनाउँदै आउट भए ।
उनी केवल एक रनका कारण सतक पूरा गर्नबाट चुके । अर्का ओपनर आसिफ शेख भने ६५ रन बनाउँदै क्रिजमा छन् । उनले ९६ बलको सामना गरी सात चौका हिर्काएका छन् । आसिफले २७।५ ओभरमा अर्धसतक पूरा गरेका थिए । उनले ८२ बलको सामना गरी पाँच चौकाको मद्दतले अर्धसतक पूरा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौता उल्लङ्घन भए इरानमाथि फेरि कडा नाकाबन्दी लगाउँछौँ – अमेरिकी रक्षामन्त्री
-
युद्ध अन्त्य गर्ने सम्झौता अमेरिकाको हार : इरानी पत्रपत्रिका
-
फेरिँदै विद्यालय पाठ्यक्रम, नैतिक शिक्षालाई समेट्ने गरी अघि बढ्यो कार्यदल
-
तनहुँमा १९ जना शङ्कास्पद व्यक्ति पक्राउ
-
ओपनएआईमा जाँदैछन् गुगल जेमिनीका मास्टरमाइन्ड नोआम शाजिर
-
माछाखोला जलविद्युत् आयोजना निर्माण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण