आईसीसी एकदिवसीय विश्वकप छनोट
दोस्रो विकेटका रुपमा आसिफ ६६ रन बनाउँदै आउट
आइतबार, ०३ असार २०८०, १४ : ५३
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको जिम्बाबेविरुद्धको आफ्नो पहिलो खेलमा आइतबार नेपालले दोस्रो विकेट पनि गुमाएको छ । नेपालले ३३.५ ओभरमा एक सय ७४ रन बनाउँदै दोस्रो विकेट गुमाएको हो ।
ओपनर ब्याट्सम्यान कुशल भुर्तेल ९९ रनमा आउट भएलगत्तै अर्का ओपनर आसिफ शेख पनि ६६ रनमा पेभेलियन फर्किएका थिए । आसिफले एक सय बलको सामना गरी सात चौका हिर्काएका थिए । कुशलले भने ९५ बलको सामना गरी दुई छक्का र १३ चौका प्रहार गरेका थिए ।
हाल कुशल मल्ल १२ र रोहित पौडेल शून्य रनमा क्रिजमा छन् । पछिल्लो समय नेपालले ३५ ओभरमा दुई विकेट गुमाएर एक सय ८४ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौता उल्लङ्घन भए इरानमाथि फेरि कडा नाकाबन्दी लगाउँछौँ – अमेरिकी रक्षामन्त्री
-
युद्ध अन्त्य गर्ने सम्झौता अमेरिकाको हार : इरानी पत्रपत्रिका
-
फेरिँदै विद्यालय पाठ्यक्रम, नैतिक शिक्षालाई समेट्ने गरी अघि बढ्यो कार्यदल
-
तनहुँमा १९ जना शङ्कास्पद व्यक्ति पक्राउ
-
ओपनएआईमा जाँदैछन् गुगल जेमिनीका मास्टरमाइन्ड नोआम शाजिर
-
माछाखोला जलविद्युत् आयोजना निर्माण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण