गौशालको होटलमा गोली चल्यो, गणेश लामा हतियारसहित पक्राउ
बुधबार, ३० फागुन २०७४, २२ : १७
काठमाडौं । गुण्डा नाइके गणेश लामा काठमाडौंको गौशालास्थित एक होटलबाट हतियारसहित पक्राउ परेका छन् ।
गौशालामा रहेको होटल पशुपति भिजनमा गोली चलेपछि पुगेको प्रहरी टोलीले लामालाई हतियारसहित पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीसँग पेस्तोल र ६ राउण्ड गोली बरामद भएको छ ।
के कारणले गोली चलेको भन्ने अझै खुलेको छैन ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डिएसपी मोहन थापाका अनुसार गोलीको आवाज आएपछि प्रहरी त्यहाँ पुगेको थियो । प्रहरी त्यहाँ पुग्दा लामासँग पेस्तोल र ६ राउण्ड गोलीका साथै खोका पनि फेला परेको छ ।
अहिले उनलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ ।
लामा पशुपति भिजनमा होटलमा रहेको जिमखानामा साँझ जाने गरेका थिए ।
विजय गच्छदारको निकट रहेका लामा हाल नेपाली काँग्रेससँग आबद्ध रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको टेक्सासमा आप्रवासन अधिकारीको गोलीबाट एक जनाको मृत्यु
-
इरानमाथि अमेरिकी आक्रमणपछि बढ्यो कच्चा तेलको मूल्य
-
रुसद्वारा एक सातामै तेस्रोपटक किभमा क्षेप्यास्त्र आक्रमण
-
जेनजी आन्दोलनमा भएको तोडफोडपछि खण्डहर बन्दै सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (तस्बिरहरू)
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कराँची तट नजिक सम्पर्कविहीन कार्गो विमानको खोजी जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण