घरजग्गाको कारोबारमा साबिकअनुसारकै कानुनी व्यवस्था : विभाग
मङ्गलबार, ०५ असार २०८०, १७ : १५

काठमाडौँ । घरजग्गाको कारोबारमा ५ प्रतिशत वा ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम लाभकर हुने भएको छ । आन्तरिक राजश्व विभागका अनुसार प्राकृतिक व्यक्तिले तिर्ने पुँजीगत लाभकर नै अन्तिम हुने भएको हो ।
यसअघि, अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको आर्थिक विधेयकमार्फत तीन आर्थिक वर्षको आय विवरण पेश गर्दा ५० प्रतिशत कर छुट दिने व्यवस्था गरेका थिए ।
तर, आन्तरिक राजश्व विभागले नेपाल जग्गा तथा आवास विकास महासङ्घलाई पत्र लेख्दै ५ प्रतिशत वा ७.५ प्रतिशत लाभकर नै अन्तिम हुने जनाएको हो । विभागका शाखा अधिकृत केदार कुमार श्रेष्ठको हस्ताक्षरित पत्रमा ले भनिएको छ, ‘प्राकृतिक व्यक्तिले लगानी गरेको जग्गा तथा घरजग्गा बिक्री गर्दा हुने लाभमा साबिक बमोजिमकै कानुनी व्यवस्था कायम छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी
-
ट्र्याक खुलेको दुई दशकपछि गलकोट–ताराखोला सडक कालोपत्र
-
लुम्बिनी सरकारको वैशाख मसान्तसम्मको खर्च ४६ प्रतिशत, कुन मन्त्रालयको कति ?
-
शेख हसिनाको ‘अवैध सम्पत्ति’ बारे अनुसन्धान सुरु
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
परीक्षणमै सीमित बागलुङमा प्याराग्लाइडिङ