घरजग्गाको कारोबारमा साबिकअनुसारकै कानुनी व्यवस्था : विभाग
मङ्गलबार, ०५ असार २०८०, १७ : १५
काठमाडौँ । घरजग्गाको कारोबारमा ५ प्रतिशत वा ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम लाभकर हुने भएको छ । आन्तरिक राजश्व विभागका अनुसार प्राकृतिक व्यक्तिले तिर्ने पुँजीगत लाभकर नै अन्तिम हुने भएको हो ।
यसअघि, अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको आर्थिक विधेयकमार्फत तीन आर्थिक वर्षको आय विवरण पेश गर्दा ५० प्रतिशत कर छुट दिने व्यवस्था गरेका थिए ।
तर, आन्तरिक राजश्व विभागले नेपाल जग्गा तथा आवास विकास महासङ्घलाई पत्र लेख्दै ५ प्रतिशत वा ७.५ प्रतिशत लाभकर नै अन्तिम हुने जनाएको हो । विभागका शाखा अधिकृत केदार कुमार श्रेष्ठको हस्ताक्षरित पत्रमा ले भनिएको छ, ‘प्राकृतिक व्यक्तिले लगानी गरेको जग्गा तथा घरजग्गा बिक्री गर्दा हुने लाभमा साबिक बमोजिमकै कानुनी व्यवस्था कायम छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण