सुदूरपश्चिमका आन्तरिक मामिला मन्त्री सिंहको निधन
धनगढी । सवारी दुर्घटनामा गम्भीर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचाररत उनको निधन भएको हो ।
मेडिकलमा उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै नेपाली कांग्रेस सुदूरपश्चिम सचेतक गीता चौधरीले मन्त्री सिंहको निधन भएको जानकारी दिइन् । उनका अनुसार मन्त्री सिंहको मंगलबार साँझ ५ बजेर ३३ मिनेटमा मृत्यु भएको हो ।
मंगलबार दिउँसो मन्त्री सवार सुदूरपश्चिम प्रदेश–०१–००१ झ ४८० नम्बरको जिप बझाङको केदारस्यु गाउँपालिका–१ नयाँ गाउँमा दुर्घटना भएको थियो । दुर्घटनापछि मन्त्री सिंहलाई उपचारका लागी बाँकेको कोहलपुर ल्याइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो ।
दुर्घटनामा परेकी मन्त्री पत्नी अमृता सिंहको घटनास्थलमा नै मृत्यु भएको छ । मन्त्रीका नातेदार जयादेवी सिंहको पनि घटनास्थलमा नै मृत्यु भएको छ । जिप चालक ३५ वर्षीय धर्मराज जोशी र मन्त्रीको निजी सुरक्षा अधिकृत (पिएसओ)को नेपालगन्ज मेडिकल कलेजमा उपचार हुँदै छ । उनीहरुको अवस्था स्थिर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण