‘बगान’ टिजर : एकल आमाको भूमिकामा करिश्मा
काठमाडौंँ । अभिनेता सरोज खनाल निर्देशनमा डेब्यु फिल्म ‘बगान’ को टिजर सार्वजनिक भएको छ । अभिनेत्री करिश्मा मानन्धरलाई विशेष प्राथमिकता दिइएको टिजरमा उनी एकल आमाको रुपमा देखिएकी छन् । १ मिनेट १३ सेकेन्ड लम्बाईको टिजरको क्लाइमेक्समा कलाकार नीर शाहलाई फर्काएको संवादमा करिश्माको अभिनय मनछुनेछ । एकल महिलाको इच्छा, चाहना र परिवारले गर्ने व्यवहारलाई टिजर मार्फत् प्रस्तुत गरिएको छ ।
वृद्धाश्रमबाट सुरु भएको टिजरमा करिश्मासँगै सरोज खनाल, प्रमिला कार्की (नव अभिनेत्री), बसुन्धरा भुषाल र मिथिला शर्मा पनि देखिन्छन् । स्वप्न नीरवको लेखन रहेको फिल्ममा अभिनेता आकाश श्रेष्ठको विशेष भूमिका छ । फिल्म यही असार २९ गतेबाट प्रदर्शनमा आउँदैछ । नेपाली वेबसाइट डटकमसँग केबी फिल्मस्ले सहकार्य गरेको ‘बगान’ को निर्माता सुरेश वाग्ले र कार्यकारी निर्माता विनोद मानन्धर हुन् । फिल्ममा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङमा टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको मृत्यु
-
नेपाल ‘यू–१९ महिला एसिया कप’ का लागि छनोट
-
महाराजगञ्जमा ५ वटा सवारीसाधन आपसमा ठोक्किए, १० जना घाइते
-
राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ सचिवलाई राख्न नहुने प्रस्ताव
-
मिटरब्याज पीडित र सरकारबिच ६ घण्टादेखि वार्ता जारी
-
सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण