मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

बेपत्ता टाइटन पनडुब्बीको खोजी : समुद्रबाट आइरहेको आवाजबारे नयाँ जानकारी

बिहीबार, ०७ असार २०८०, ०९ : ५१
बिहीबार, ०७ असार २०८०

विश्वको चर्चित जहाज टाइटानिकको भग्नावशेष हेर्नका लागि गहिरो समुद्रमा लैजाने पनडुब्बी बारे नयाँ जानकारी प्राप्त भएको छ ।

बेपत्ता भएको यो पनडुब्बीबाट केही घण्टा अघि आवाज आइरहेको बताइएको छ जसमा बचाउ अभियान चलाइरहेका मानिसबीच एक नयाँ आशा पैदा भएको थियो ।

अमेरिकी नौसेनाका पूर्व न्युक्लियर सबमरिन कमान्डर डेभिड मार्केटले आशा जगाउने आवाज सम्भवतः टाइटन पनडुब्बीबाट आएको नहुन सक्ने सम्भावना भएको बताएका छन् ।

उनले बीबीसीसँग भने, ‘मलाई लाग्दैन कि यी आवाज पनडुब्बीबाट आइरहेको छ । यो प्राकृतिक आवाज हुनसक्छ । ’

क्याप्टेन मार्केटका अनुसार पनडुब्बीमा फसेका मानिस बच्चे सम्भावना निकै कम छ तर टाइटनलाई समुद्र बाहिर निकाल्ने मेसिन आएपछि पनि यो सम्भावना थोरै बढेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप