अखाद्य वस्तु सेवन गर्दा दुईजनाको मृत्यु, दुई जना बिरामी
शनिबार, ०९ असार २०८०, १० : २०
बर्दिया । बर्दियाको मधुवन नगरपालिका–८ टिसियन फाँटामा ‘सेनिटाइजर’जस्तो देखिने तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु भएको छ ।
मृत्युहुनेमा ७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले बताए ।
साथै तरल पदार्थ सेवन गरेका एकै परिवारका ७५ वर्षीय जयबहादुर र ७५ वर्षीया जगतकुमारी गुरुङ गम्भीर बिरामी परेका छन् । उनीहरुलाई गए राति नै उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षीको प्रश्न– प्रधानमन्त्रीलाई सदनमा जवाफ दिन कहिले ल्याउनुहुन्छ ?
-
बालोगुन विवाद चर्कियो, क्वान्साहलाई पनि समान छुट दिन बेलायती सांसदहरूको माग
-
‘मध्यपश्चिम विश्वविद्यालयलाई अनुसन्धानमुखी र उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकास गरिनेछ’
-
खुकुरी प्रहार गरी देवरले गरे भाउजूको हत्या
-
एडीबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने
-
सिँचाइ पूर्वाधार र कृषि उत्पादनलाई एकीकृत रूपमा अगाडि बढाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण