प्राङ्गारिक उत्पादनलाई बजारीकरण गर्न बिक्री कक्ष
चितवन । उत्पादित प्राङ्गारिक कृषिजन्य उत्पादनको बजारीकरणका लागि बिक्री कक्ष स्थापना गरिएको छ । भरतपुर महानगरपालिका–७ मा जिल्ला प्राङ्गारिक सङ्घ चितवनको प्राङ्गारिक बिक्री कक्ष स्थापना गरिएको हो ।
जिल्ला कृषि विकास कार्यालय चितवनको सहयोग र सङ्घको समन्वयमा रु २० लाखको लागतमा बिक्री केन्द्र स्थापना गरिएको हो । सङ्घका अध्यक्ष चन्द्रप्रसाद अधिकारीका अनुसार उत्पादनको सन्तुलन नमिल्दा बजारीकरणमा समस्या भएपछि आफ्नै बिक्री कक्ष स्थापना गरिएको हाे
उनले भने,'कुन सिजनमा कुन वस्तु कुन किसानले उत्पादन गर्ने भन्ने विषयमासहज होस् भनेर बिक्री केन्द्र स्थापना गरिएको हो।' प्राङ्गारिक खेती गर्ने किसानले यस कक्षमा ल्याएर सामाना बिक्री वितरण गर्न छोड्न सक्नेछन् । केन्द्र स्थापना भएपछि विचौलियाको समस्या कम हुने उनले बताए।
अहिले ३३ जना किसानले जिल्लामा प्राङ्गारिक खेती गरिरहेका छन्। उनका अनुसार ४० बिघा जग्गामा प्राङ्गारिक खेती हुँदै आएको छ। यस बिक्री कक्षमा प्राङ्गारिक कृषकले उत्पादन गरेको कृषिजन्यउपज दाल, चामल, फलफूल, तरकारी, दुग्धजन्य पदार्थ, जडीबुटी तथा पोसीलो खाद्यउपज बिक्री वितरण गरिने व्यवस्थापक राजकुमार तामाङले जानकारी दिए।
सिजन अनुसारका तरकारी, फलफूल तथा अन्य सामग्री बिक्री वितरण हुने गरेकाे बताउँदै उनले भने,यस बिक्री केन्द्रले आम किसान र उपभोक्तालई प्रत्यक्ष फाइदा हुनेछ ।' कहिले किसानले बजार नपाउने र कहिले उपभोक्ताले प्राङ्गारिक वस्तु नपाउने समस्यालाई केन्द्रले समाधान गर्ने विश्वास लिइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विनियोजन विधेयक राष्ट्रिय सभाबाट पनि पारित
-
एडीबीका अध्यक्ष कान्डाको नेपाल भ्रमणमा के–के भयो ?
-
आफ्नै एआई चिप बनाउँदै छ डिपसिक
-
‘साउन पहिलो सातादेखि प्रदेश सरकारहरू हेरफेर हुन्छन्, बागमतीको मुख्यमन्त्रीमा मेरो दाबी छ’
-
क्षणभरमै फेरियो सिंहदरबारको दृश्य, नियमविपरीत पार्किङ गरिएका सवारी साधनहरूको ह्विल लक
-
सुर्खेत बहुमुखी क्याम्पसमा भर्ना शुल्ककाे विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण