‘मध्यपश्चिम विश्वविद्यालयलाई अनुसन्धानमुखी र उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकास गरिनेछ’
सारांश
- मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त उपकुलपति डा. राजन सुवालले विश्वविद्यालयलाई अनुसन्धानमुखी र उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकास गर्ने बताएका छन् ।
- पदभार ग्रहण गर्दै उनले अबको शिक्षा अनुसन्धानमुखी हुनुपर्नेमा जोड दिए ।
- उनले विश्वविद्यालयको समग्र विकासका लागि सबै पदाधिकारी, प्राध्यापक, कर्मचारी तथा सरोकारवालाहरूले आ-आफ्नो जिम्मेवारी इमानदारी, कर्तव्यनिष्ठा र समर्पणका साथ निर्वाह गर्नुपर्नेमा जोड दिए ।
सुर्खेत । मध्यपश्चिम श्विविद्यालयका नवनियुक्त उपकुलपति सह—प्राध्यापक डाक्टर राजन सुवालले विश्वविद्यालयलाई अनुसन्धानमुखी र उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकास गरिने बताएका छन् ।
मंगलबार पदभार पदभार ग्रहण गर्दै उनले अबको शिक्षा अनुसन्धनमुखी हुनुपर्ने बताएका हुन् ।
उनले आफू कर्णाली क्षेत्रमा अझ विशेषगरी मध्यपश्चिम विश्वविद्यालयमा यसअघि पनि पदाधिकारीको जिम्मेवारीमा रहेर काम गरेको अनुभव सुनाए ।
‘म यहाँका लागि नयाँ होइन्, यहाँका हरेक कुरासँग परिचित छु नै,’ उनले भने, ‘विश्वविद्यालयलाई गुणस्तरीय, अनुसन्धानमुखी तथा उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकास गर्न सदैव सकारात्मक, सहकार्यात्मक र परिणाममुखी ढङ्गले अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
साथै उनले विश्वविद्यालयको समग्र विकासका लागि सबै पदाधिकारी, प्राध्यापक, कर्मचारी तथा सरोकारवालाहरूले आ–आफ्नो जिम्मेवारी इमानदारी, कर्तव्यनिष्ठा र समर्पणका साथ निर्वाह गर्नुपर्नेमा जोड दिए ।
सोही अवसरमा विश्वविद्यालयका निवर्तमान उपकुलपति प्रा. डा. नारायण प्रसाद पौडेलको सम्मान तथा बिदाइ कार्यक्रमसमेत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एडीबीका अध्यक्ष कान्डाको नेपाल भ्रमणमा के–के भयो ?
-
आफ्नै एआई चिप बनाउँदै छ डिपसिक
-
‘साउन पहिलो सातादेखि प्रदेश सरकारहरू हेरफेर हुन्छन्, बागमतीको मुख्यमन्त्रीमा मेरो दाबी छ’
-
क्षणभरमै फेरियो सिंहदरबारको दृश्य, नियमविपरीत पार्किङ गरिएका सवारी साधनहरूको ह्विल लक
-
सुर्खेत बहुमुखी क्याम्पसमा भर्ना शुल्ककाे विरोध
-
सय दिनमा सरकारले अभूतपूर्व काम गरेको अर्थमन्त्रीको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण