इंग्ल्यान्डका प्रशिक्षकले भने- गतिला भएनन् विश्वकपका रेफ्री
इंग्ल्यान्डकै पूर्वगोलरक्षक भन्छन्- खेलका सबै महत्त्वपूर्ण निर्णय सही
इंग्ल्यान्डका मुख्य प्रशिक्षक थोमस टुचेलले विश्वकपका रेफ्रीहरूको स्तरप्रति कडा असन्तुष्टि जनाउँदै उनीहरू ‘खास्सै गतिला सक्षम नभएको’ बताएका छन् । अन्तिम–१६ अन्तर्गत एज्टेका स्टेडियममा मेक्सिकोमाथि ३–२ को रोमाञ्चक जित निकाल्ने क्रममा इंग्ल्यान्ड १० खेलाडीमा सीमित भएको थियो । त्यसमाथि टोलीविरुद्ध विवादास्पद पेनाल्टी पनि दिइएको थियो ।
बीबीसीसँग कुरा गर्दै टुचेलले भने, ‘यो स्तर पर्याप्त राम्रो छैन । रेफ्रीहरू पर्याप्त सक्षम छैनन्, ‘फोर्थ अफिसियल’ पर्याप्त सक्षम छैनन् । यही नै वास्तविकता हो, पेनाल्टी दिनु स्पष्ट र निर्विवाद गल्ती सच्याउने निर्णय थियो त ? पक्कै पनि होइन । सुरुमा उनले फाउलसमेत दिएका थिएनन्, तर पछि त्यो निर्णय उल्ट्याइयो ।’
पहिलो हाफमा जुड बेलिङ्घमले लगातार दुई मिनेटभित्र दुई गोल गर्दै इंग्ल्यान्डलाई २–० को अग्रता दिलाएका थिए । तर पहिलो हाफको अन्त्यतिर जुलियन किन्योनेसले मेक्सिकाका लागि एक गोल फर्काए । दोस्रो हाफ भने दुई महत्त्वपूर्ण घटनाका कारण अझ नाटकीय बन्यो ।
सबैभन्दा पहिले, ५४औँ मिनेटमा भिडिओ सहायक रेफ्री (भिएआर) को समीक्षा पछि जारेल क्वान्साहलाई रातो कार्ड देखाइयो । रिप्लेमा उनले जिसस गालार्डोमाथि स्टड्स उठाएर खतरनाक ट्याकल गरेको स्पष्ट देखिएको थियो । यो निर्णयले केही समयका लागि घरेलु समर्थकलाई उत्साहित बनायो । तर त्यसको केहीबेरमै ह्यारी केनले पेनाल्टीलाई गोलमा परिणत गर्दै इंग्ल्यान्डलाई ३–१ को अग्रता दिलाए ।
सन् २०१० को विश्वकप फाइनलका सहायक रेफ्री डारेन क्यानले बीबीसी वनमा भने, ‘यो स्पष्ट रातो कार्ड हो ।’
उनले थपे, ‘क्वान्साहले पहिले बल छोएका हुन्, तर खेलको नियमअनुसार त्यसले कुनै फरक पार्दैन, उनको बुटको तलुवाले सिधै विपक्षी खेलाडीको खुट्टामा लागेको स्पष्ट देखिन्छ । त्यसैले रेफ्रीसँग रातो कार्ड देखाउनुबाहेक अर्को विकल्प थिएन । यो शतप्रतिशत रातो कार्ड हो ।’
केनको पेनाल्टी गोलपछि इंग्ल्यान्डले फेरि दुई गोलको अग्रता बनाएको थियो । तर त्यसपछि मेक्सिकोले पनि अर्को पेनाल्टी पायो ।
केनले ब्रायन गुटिएरेजको खुट्टामा हल्का ठक्कर दिएको देखिएपछि रेफ्री अलिरेजा फाघानीले भिएआर मनिटरमा भिडिओ समीक्षा गरे र पेनाल्टी दिने निर्णय सुनाए । त्यस अवसरलाई राउल जिमेनेजले गोलमा परिणत गरे ।
क्यानले उक्त निर्णयबारे पनि भने, ‘यो पेनाल्टी नै हो, दुर्भाग्यवश केनको खुट्टा मेक्सिकोका खेलाडीको खुट्टामा लागेको छ । यो केही हदसम्म पहिलो समूह चरणको खेलमा लुका मोड्रिचमाथि भएको फाउलसँग मिल्दोजुल्दो छ, जहाँ इंग्ल्यान्डले पेनाल्टी पाएको थियो । केनलाई पछाडिबाट खेलाडी आइरहेको थाहा थिएन ।’
यद्यपि इंग्ल्यान्डका पूर्वगोलरक्षक जो हार्टले खेलका सबै महत्त्वपूर्ण निर्णयहरू सही रहेको बताएका छन् । बीबीसी वनसँग उनले भने, ‘मलाई लाग्छ, रेफ्रीले तीनवटै मुख्य निर्णय (दुवै पेनाल्टी र रातो कार्ड) सही दिएका छन् ।’
उनले थपे, ‘रिप्ले हेर्नेबित्तिकै मेरो मन निकै तनावमा थियो । क्वान्साह रातो कार्डको हकदार थिए, केनले बल छोएका थिएनन् र इंग्ल्यान्डले पाएको पेनाल्टीमा एन्थोनी गोर्डन नै पहिले बलमा पुगेका थिए ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण