काभा भलिबल : नेपाल उज्वेकिस्तानसँग पराजित
आइतबार, १० असार २०८०, १७ : ५६
काठमाडौँ । किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल (काभा) पुरुष भलिबल नेसन्स लिग प्रतियोगिताको अन्तिम खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ ।
बिस्केकस्थित स्पोर्ट्स एन्ड रिक्रिएसन कम्प्लेक्समा आज भएको खेलमा उज्वेकिस्तानले नेपाललाई ३–० को सोझो सेटमा पराजित गरेको हो । उज्वेकिस्तानले नेपाललाई पहिलो सेट २५–२१ दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–२३ ले पराजित ग¥यो ।
प्रतियोगितामा नेपालको यो लगातार छैटौँ हार हो । यसअघि भएको पहिलो खेलमा नेपाल मङ्गोलियासँग पराजित भएको थियो भने दोस्रो खेलमा आयोजक किर्गिस्तानसँग पराजित भएको थियो ।
त्यसैगरी, नेपाल तेस्रो खेलमा इरान, चौथो खेलमा तुर्किमिनिस्तान र पाँचौँ खेलमा आयोजक किर्गिस्तानको ‘बी’ टोलीसँग पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण