आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सिरोहियाको पारिवारिक समारोहमा शृङ्खला !

मङ्गलबार, १२ असार २०८०, १२ : ०६
मङ्गलबार, १२ असार २०८०

काठमाडौँ । मिस नेपाल २०१८ शृङ्खला खतिवडा पछिल्लो समय प्रेमका कारण चर्चा रहँदै आएकी छन् । उनको प्रेम र ब्रेकअपले मिडिया समेत राम्रो स्थान पाउने गरेको छ ।

केही अगाडि श्रृखलाको नाम सञ्चार उद्यमी सम्भव सिरोहियासँग जोडिएको थियो । सिसन बानियासँग ब्रेकअपपछि उनी सिरोहियासँगको प्रेममा रहेको हल्ला चलेको थियो । केही समयपछि प्रेमको हल्लालाई पुष्टि हुने गरी सरोहियाको इन्स्टाग्राममा तस्बिर समेत आए ।

सिरोहियासँगको प्रेममा रहेको चर्चा चलिरहेको समय उनी पारिवारिक समारोहको हिस्सा समेत बन्न थालेकी छिन् । सम्भवका भाइको इन्गेजमेन्ट श्रृङखला परिवार सदस्य सहित सहभागी थिइन् । पारिवारिक तस्बिरमा सम्भवको साथ ठाँटिएर उभिएको र हुनेवाला दुलहीले उनलाई ढोग्दै गरेको तस्बिर समेत अहिले बाहिर आएको छ ।

त्यसो त भ्लगर सिसन बानियाँको घरसम्म पनि उनी पुगेकै हुन् । चाडपर्वको हिस्सा पनि बनेकै हुन् । तर प्रेम अन्तत:  ब्रेकअपमा पुग्यो । 

srinkhala2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप