बुढीगण्डकी जलविद्युत परियोजनाको यसै महिनाभित्र शिल्यान्यास हुन्छ : प्रधानमन्त्री प्रचण्ड
बुधबार, १३ असार २०८०, १३ : ४३
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसै महिनाभित्र बुढीगण्डकी जलविद्युत आयोजनाको शिल्यान्यास हुने बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा सांसद राजेन्द्र पाण्डेले सोधेको प्रश्नको जवाफमा प्रचण्डले यसै महिनाभित्र कार्यालय स्थापना गर्ने र आयोजनाको शिल्यान्यासको काम हुने जानकारी गराएका हुन् ।
प्रधानमन्त्रीले भने– ‘मैले यसै महिनाभित्र बुढी गण्डकी परियोजनालाई अगाडि बढाउनका निम्ति कार्यालय उद्घाटन गर्ने र शिल्यान्यास प्रक्रियापनि सुरु गर्ने भनेर सम्बन्धित अधिकारीलाई भनेको छु । मलाई विश्वास छ, यसै महिनाभित्र बुढी गण्डकी परियोजना अगाडि बढाउने नयाँ कार्यालयको उद्घाटन हुन्छ ।’
यस्तै निजगढ एयरर्पोटको बारेमा बोल्दै उनले फाष्ट ट्रयाकलाई सो एयरर्पोटसँग जोडिएकोले सो आयोजना यथाशीघ्र अघि बढाउन सरकार तत्पर रहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीसँगै विवाद गरेपछि फन्दामा परे नक्कली एसपी
-
कोशी सरकारको मन्त्रिपरिषद् बैठक : दुई प्रस्ताव समितिमा पठाउने निर्णय
-
नीतिगत थ्रेसहोल्डको हुर्मतः ठुला योजना छायामा, एकलाखेको बिगबिगी
-
मन्त्रालयको वेबसाइटमै एकीकृत ड्यासबोर्ड सार्वजनिक
-
नेपाल र कम्बोडियाबिच अनलाइन ठगी नियन्त्रणमा सहकार्य गर्ने सहमति
-
इराकका सहरहरुमा खामेनीप्रति श्रद्धाञ्जली, अन्त्येष्टि यात्रामा हजारौँ सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण