विश्वविद्यालय अनुदान आयोगले उत्कृष्ट क्याम्पसलाई पुरस्कृत गर्ने
बिहीबार, १४ असार २०८०, १२ : ५७

काठमाडौँ । विश्वविद्यालय अनुदान आयोगले उत्कृष्ट क्याम्पसहरूलाई पुरस्कृत गर्ने भएको छ । आगामी असोज २ गते राष्ट्रिय शिक्षा दिवसको अवसरमा उत्कृष्ट क्याम्पसलाई पुरस्कृत गर्ने भएको हो । त्यसका लागि आवेदन आह्वान गरेको छ । तोकिएको मापदण्ड र ढाँचामा साउन १९ गतेभित्र कार्यालय समयमा आवेदन दिन माग गरेको हो ।
उत्कृष्ट क्याम्पसलाई पुरस्कृत गर्न विश्वविद्यालयका आङ्गिक क्याम्पसका साथै विश्वविद्यालयबाट सम्बन्धन लिई सञ्चालनमा रहेका सामुदायिक र निजी क्याम्पसले आ–आफ्नो दाबीसहित आवेदन माग दिनुपर्नेछ ।
आयोगले राष्ट्रिय शिक्षा दिवसको अवसरमा नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्या पदक लगायतका पुरस्कार प्रदान गर्नेछ । क्यम्पसहरुले राष्ट्रिय शिक्षा पुरस्कारसम्बन्धी निर्देशिका, २०७७ को दफा १६ मा भएको व्यवस्था अनुसार आवेदन दिनुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैवाहिक करणी मुद्दामा फरार कतारबाट पक्राउ
-
माधव नेपालको एन्जिओप्लास्टी सर्जरी
-
प्ले–अफ चरणमा पुग्न आतुर बेंगलुरु र जित्नै पर्ने दबाबमा रहेको लखनउ आपसमा भिड्दै
-
भारतका २४ विमानस्थल नागरिक सेवाका लागि बन्द, मार्सल तैनाथ
-
डिपेन्डेन्ट भिसामा क्यानडा लैजान्छु भन्दै युवतीले ठगिन् २० लाख
-
पोपमा निर्वाचित हुने पहिलो अमेरिकी बने रोबर्ट प्रिभोस्ट