डिपेन्डेन्ट भिसामा क्यानडा लैजान्छु भन्दै युवतीले ठगिन् २० लाख

काठमाडौँ । डिपेन्डेन्ट भिसामा क्यानडा लैजान्छु भन्दै ठगी गरेको आरोपमा एक जना युवती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा दोलखा वैतेश्वर गाउँपालिका-८ घर भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका-३ गठ्ठाघर बस्ने २७ वर्षीया सुजिता अधिकारी छिन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार अधिकारीले आफूले अध्ययन गर्न क्यानडाको भिसा प्राप्त गरेको र आफूसँगै डिपेन्डेन्ट भिसामा लैजान सक्ने प्रलोभन देखाएका थिए । त्यसपछि पीडितसँग २० लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन बनेकी थिइन् ।
अधिकारीलाई बिहीबार काठमाडौँ महानगरपालिका-१२ टेकुबाट पक्राउ गरिएको उपरीक्षक आचार्यले जानकारी दिए । उनीलाई आपराधिक लाभ (एक्टर्सन) सम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौँ पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गभर्नरको रेसमा रहेका श्रेष्ठले राष्ट्र बैंकबाट पाए अवकाश, राजीनामाबारे यस्तो प्रस्टोक्ति
-
दुई दशकदेखि सफल हुन नसकेको पेट्रोलमा इथानोल मिसाउने योजना चालु वर्ष भित्रै कार्यान्वयनमा ल्याइँदै
-
एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
कर्णाली प्रदेश सरकारले पठाएको राहत हुम्ला पुग्यो
-
तनहुँको मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु