डिपेन्डेन्ट भिसामा क्यानडा लैजान्छु भन्दै युवतीले ठगिन् २० लाख
काठमाडौँ । डिपेन्डेन्ट भिसामा क्यानडा लैजान्छु भन्दै ठगी गरेको आरोपमा एक जना युवती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा दोलखा वैतेश्वर गाउँपालिका-८ घर भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका-३ गठ्ठाघर बस्ने २७ वर्षीया सुजिता अधिकारी छिन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार अधिकारीले आफूले अध्ययन गर्न क्यानडाको भिसा प्राप्त गरेको र आफूसँगै डिपेन्डेन्ट भिसामा लैजान सक्ने प्रलोभन देखाएका थिए । त्यसपछि पीडितसँग २० लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन बनेकी थिइन् ।
अधिकारीलाई बिहीबार काठमाडौँ महानगरपालिका-१२ टेकुबाट पक्राउ गरिएको उपरीक्षक आचार्यले जानकारी दिए । उनीलाई आपराधिक लाभ (एक्टर्सन) सम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौँ पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
-
देउवा समूहले बीपी स्मृति दिवसमा छुट्टै कार्यक्रम गर्ने
-
स्पेनको सफलताको रहस्य : दे ला फुएन्तेको ‘मानवीय दर्शन’ र लामिन यामालको जादु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण