शुक्रबार, २६ वैशाख २०८२
ताजा लोकप्रिय

पोपमा निर्वाचित हुने पहिलो अमेरिकी बने रोबर्ट प्रिभोस्ट

शुक्रबार, २६ वैशाख २०८२, ०९ : ४१
शुक्रबार, २६ वैशाख २०८२

भ्याटिकन । रोबर्ट प्रिभोस्ट बिहीबार भ्याटिकनको नयाँ पोप निर्वाचित भएका छन्। प्रिभोस्ट अब पोप लियो चौधौँको रूपमा चिनिनेछ।

उनी क्याथोलिक चर्चको नेता चयन हुने पहिलो उत्तर अमेरिकी नागरिक हुन् । सिकागोमा जन्मिएका प्रिभोस्ट सुधारकका रूपमा चिनिन्छन् । उनले पेरुमा मिसनरीका रूपमा लामो समय काम गरेका थिए । पछि उनी त्यहाँको आर्चविसप बने । अमेरिकी राष्ट्रपति डोलनाल्ड ट्रम्पले अमेरिकाबाट पोप पाउनु गर्वको विषय भएको बताएका छन् ।

‘तपाईंहरू सबैलाई शान्ति मिलोस्,’ प्रिभोस्टले भ्याटिकनमा उत्साहित भीडलाई इटालियन भाषामा भने, ‘दाजुभाइ तथा दिदीबहिनीहरू, म तपाईंहरूका परिवारहरूलाई, तपाईंहरू सबैलाई, जहाँ भए पनि शान्तिको शुभकामना पठाउन चाहन्छु। तपाईंहरूमा शान्ति रहोस्।’

त्यसपछि पोप लियो चौधौँले दुई दिने सम्मेलनमा आफूलाई निर्वाचित गर्ने कार्डिनलहरूलाई धन्यवाद दिए।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप