बालबालिकाले समयमै क्यान्सरको गुणस्तरीय उपचार पाउनुपर्छ : स्वास्थ्य मन्त्री बस्नेत
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपालमा हरेक बालबालिकाले समयमै क्यान्सरको गुणस्तरीय उपचार सुनिश्चित हुनुपर्ने बताएका छन् । कान्ति बाल अस्पतालले विश्व स्वास्थ्य संगठन र सेन्ट जुडे चिल्ड्रन्स रिसर्च हस्पिटलको सहकार्यका धुलिखेलमा बिहीबार आयोजना गरेको ‘नेशनल वर्कसप अन एसिलेरेटिङ चाइल्डहूड क्यान्सर इनिसिएटिभ’ बालबालिकामा हुने क्यान्सर सम्बन्धी दुई दिने कार्यशाला समापनको अवसरमा बोल्दै मन्त्री बस्नेतले सो कुरा बताएका हुन ।
मन्त्री बस्नेतले भने,‘नेपालमा हरेक बालबालिकाले समयमै क्यान्सरको गुणस्तरीय उपचार सुनिश्चित गर्नु हाम्रो सामूहिक दायित्व हो । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आफ्नो दायित्व पुरा गर्न पूर्ण रूपमा प्रतिबद्ध छ ।’
कार्यशालामा सहभागी स्वदेशी र विदेशी बाल क्यान्सर रोग विज्ञहरुको सुझाव र सल्लाह अनुसार बालबालिकामा हुने क्यान्सरको उपचारका लागि सरकारले पहल गर्ने मन्त्री बस्नेतले बताए । उनले बालबालिकाको क्यान्सर उपचारमा संलग्न चिकित्सकहरुले गरिरहेको उपचार सेवाको प्रशंसा गर्दै भविष्यका चुनौती सामना गर्ने गरी योजना बनाएर अगाडि बढ्नुपर्ने सुझाव दिए ।
मन्त्री बस्नेतले क्यान्सरको संक्रमण देखिएका बालबालिका ठूलो संख्यामा उपचारमा नआउने तथ्यांकले देखाएकाले उनीहरुलाई उपचारमा ल्याउनु पर्ने र निको हुने दर बढाउने गरी काम गर्न विज्ञहरुलाई सुझाव दिए ।
कार्यशाला गोष्ठीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. टंक बाराकोटीले नेपालमा वर्षेनी १५ सयदेखि २ हजार जना बालबालिकामा क्यान्सर देखिने अनुमान गरिए पनि त्यसको एक तिहाईमात्र उपचारमा आउने गरेकोले बाँकी बच्चाहरुको खोजी गरेर उपचारमा ल्याउनु पर्ने अहिलेको प्रमुख चुनौती भएको बताए ।
उनले वर्षमा १५ सयदेखि २ हजार नयाँ बालबालिकामा क्यान्सर देखिने गरेको बताउँदै उपचारका लागि ५ सय हाराहारी मात्र अस्पताल आउने बताए ।
विश्व स्वास्थ्य संगठन नेपाल, नसर्ने रोग एवं मानसिक रोगका टिम लिडर डा.ग्याम्पो दोर्जीले नेपालमा कति जना बालबालिकामा क्यान्सर छ भन्ने यकिन तथ्यांकको समेत अभाव भएकाले समस्या थपिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण