नागरिकको उपचार गर्ने दायित्वबाट राज्य पछि हट्दैन : मन्त्री बस्नेत
शुक्रबार, १५ असार २०८०, १४ : २९
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नागरिकको उपचार गर्ने दायित्वबाट राज्य पछि हट्न नसक्ने बताएका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित राष्ट्रिय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले विपन्नका लागि १० प्रतिशत शैय्या छुट्याएर उपचार निःशुल्क गर्ने व्यवस्था गरिसकेको भन्दै अब जस्तोसुकै बेलामा पनि विपन्न भएकाहरुले उपचार पाउने बताए ।
मन्त्री बस्नेतले जस्तोसुकै अफ्ठ्यारो परिस्थितिको सामना गर्दै सरकार नागरिकलाई स्वास्थ्य सेवा दिन तयार रहेको बताए ।
मन्त्री बस्नेतले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण