भद्रकालीमा गरियो ‘रणा भो’ को शुभ-मुहूर्त
काठमाडौंँ । वेब सिरिज ‘रणा भो’ निर्माण हुने भएको छ । आइतबार भद्रकाली मन्दिरमा सिरिजको शुभ–मुहूर्त गरिएको छ । मुहूर्तसँगै सिरिजको छायांकन समेत सुरु भएको छ । मुभि प्वइन्टको प्रस्तुति र ज्ञारा इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने सिरिजलाई रामजी राउत र ज्ञानकुमार कट्टेल मिलेर निर्देशन गर्दैछन् । सिरिजको सम्पूर्ण छायांकन काठमाडौँमा गरिनेछ ।
रमेश बुढाथोकी, मुकुन्द मैनाली, सपना श्रेष्ठ, सुमिन गुरुङ, प्रितिका शर्मा, ज्ञानकुमार कट्टेल, रामजी राउत, सपेन्द धिताल, शंकरराज पहाडी, आर्यन राउत, उत्सव केसी, सुस्मिता मुडभरी, मनिषा कार्की, विवेक सिलवाल, दिनेश कार्की र बालकलाकार एलेक्स खड्काको अभिनय रहने सिरिज निर्देशक राउत र कट्टेलले मिलेर लेखेका हुन् । शृङखला निर्देशक कुलदीप शर्मा रहेको सिरिजमा, देव महर्जनको द्धन्द, लक्ष्मण घिमिरेको छायांकन तथा बन्दे प्रसादको सम्पादन रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको आपूर्ति र वितरणमा देखिएको विरोधाभासप्रति संसदीय समितिमा प्रश्न
-
अमेरिकी आक्रमण तीव्र बनेसँगै फेरि अन्योल र चिन्तामा इरानी नागरिक
-
भीष्मराज भन्छन् : थाहा छैन कहाँदेखि चल्दैछ बालेन सरकार ?
-
मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तीनै तहका सरकारलाई कार्ययोजना पठाइने
-
लुम्बिनी मन्त्रिपरिषद् बैठक निर्णय : प्रदेश सचिवहरूको जिम्मेवारी हेरफेर
-
‘मिस युनिभर्स नेपाल २०२६’ को आवेदन खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण