बजेटमा बिचौलियाको कुरा उठिरहेको छ, तिनलाई खोजौँ : मुख्यमन्त्री शर्मा
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बजेट निर्माणका क्रममा बिचौलिया हाबी भएको विषयमा आइतबार संसदमा बोलेका छन् ।
प्रदेशसभाको १७ औँ बैठकमा बोल्दै शर्माले बजेट निर्माणका क्रममा हाबी भएका बिचौलियाको खोजी गरिनुपर्ने बताए । उनले बिचौलियाहरूको खोजी गर्दा आफ्नो कुनै वमित्ति नरहेको प्रष्ट पारे ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बजेट संशोधन गर्नुपर्ने, बिचौलियाहरूको छानबिन गरिनुपर्ने लगायतका माग राख्दै केही दिनयता संसद् अवरोध गर्दै आएको थियो । आइतबार सर्वदलीय बैठकमा सात बुँदे सहमतिसँगै अवरोध हटेको छ । सोही विषयमा जानकारी दिन सदनमा बोल्दै मुख्यमन्त्री शर्माले प्रतिपक्षका मागहरू जायज रहेको र सबैको सहकार्यमा सरकार अघि बढ्ने बताए ।
‘हामी अन्तरविरोधको दलदलमै छौँ, अन्तर्विरोधबाट माथि उठ्न सकिरहेका छैनौँ,’उनले भने,‘सबै कुराको जानकार हुँदाहुँदै पनि व्यवहारमा कतिपय कुरा नमिलिरहेको अवस्था छ । त्यसलाई मिलाउँदै अघि बढ्नुपर्छ ।’
मुख्यमन्त्री शर्माले बजेट कार्यान्वयनका सन्दर्भमा थुप्रै विकृति र विसंगति रहेको बताए । समस्याको समाधान गरेर सरकार अघि बढ्न चाहिरहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक बिदाका दिन राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा निरन्तर
-
अमेरिका र साउदी अरबबिच ऐतिहासिक आणविक सम्झौता
-
तेल ट्याङ्करमाथि आक्रमण गरेको हुथीको दाबी
-
कर्णालीमा नेकपाले मुख्यमन्त्री कँडेलविरुद्ध दर्ता गराएको अविश्वासको पक्षमा मतदान गर्ने
-
गणतन्त्रका उपलब्धिविरुद्ध प्रतिक्रान्तिको हावा चलेको छ : प्रचण्ड
-
कम्युनिस्ट र लोकतान्त्रिक शक्तिबिचको सहकार्य नै परिवर्तनको आधार : केपी शर्मा ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण