सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बजेटमा बिचौलियाको कुरा उठिरहेको छ, तिनलाई खोजौँ : मुख्यमन्त्री शर्मा

आइतबार, १७ असार २०८०, १५ : ३९
आइतबार, १७ असार २०८०

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बजेट निर्माणका क्रममा बिचौलिया हाबी भएको विषयमा आइतबार संसदमा बोलेका छन् ।

प्रदेशसभाको १७ औँ बैठकमा बोल्दै शर्माले बजेट निर्माणका क्रममा हाबी भएका बिचौलियाको खोजी गरिनुपर्ने बताए । उनले बिचौलियाहरूको खोजी गर्दा आफ्नो कुनै वमित्ति नरहेको प्रष्ट पारे । 

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बजेट संशोधन गर्नुपर्ने, बिचौलियाहरूको छानबिन गरिनुपर्ने लगायतका माग राख्दै केही दिनयता संसद् अवरोध गर्दै आएको थियो । आइतबार सर्वदलीय बैठकमा सात बुँदे सहमतिसँगै अवरोध हटेको छ । सोही विषयमा जानकारी दिन सदनमा बोल्दै मुख्यमन्त्री शर्माले प्रतिपक्षका मागहरू जायज रहेको र सबैको सहकार्यमा सरकार अघि बढ्ने बताए । 

‘हामी अन्तरविरोधको दलदलमै छौँ, अन्तर्विरोधबाट माथि उठ्न सकिरहेका छैनौँ,’उनले भने,‘सबै कुराको जानकार हुँदाहुँदै पनि व्यवहारमा कतिपय कुरा नमिलिरहेको अवस्था छ । त्यसलाई मिलाउँदै अघि बढ्नुपर्छ ।’ 

मुख्यमन्त्री शर्माले बजेट कार्यान्वयनका सन्दर्भमा थुप्रै विकृति र विसंगति रहेको बताए । समस्याको समाधान गरेर सरकार अघि बढ्न चाहिरहेको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप