ललितपुर अदालतकी नासु प्रेमिकाले अधिवक्ता अमिरसँग घुस मागेकी थिइन् : नेपाल बार
काठमाडौँ । नेपाल बार एसोसियसनले ललितपुर जिल्ला अदालतकी नासु प्रेमिका तामाङले आदेशको फाइल हेर्न घुस मागेकाले अधिवक्ता अमिर लामिछानसँग विवाद भएको दाबी गरेको छ ।
तामाङलाई हातपात गरेको आरोपमा पक्राउ परेका लामिछानेलाई तत्काल छाड्न माग गर्दै नेपाल बारले आइतबार जारी गरेको विज्ञप्तिमा नासु तामाङले घुस मागेको दाबी गरेको हो ।
साथै बारले घटनाको यथार्थ विवरणलाई बंग्याएर अधिवक्ता लामिछानेलाई दोषी देखाउने प्रयास गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङले मुद्दामा भएको आदेश हेर्नलाई खर्च (घुस) मागेको विषयमा अधिवक्ता अमिर लामिछानेले इन्कारी गरेको विषयलाई अतिरञ्जितपूर्ण ढंगले घटनाको वास्तविकता र यथार्थ विवरणलाई बङ्ग्याई उल्टै अधिवक्ता लामिछानेलाई एकतर्फी दोषी देखाउने अभिप्रायले गरिएको घटना विषयप्रति नेपाल बार एसोसियसनको गम्भीर ध्यानाकर्षण भएको छ’, नेपाल बारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
लामिछानेलाई २४ घण्टाभित्र विनाशर्त रिहा गर्न माग गर्दै बारले रिहा नगरे सोमबारदेखि देशभरका इजलास बन्द गर्ने चेतावनी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण