अधिवक्ता अमिर लामिछानेलाई साधारण तारेखमा रिहा गर्ने निर्णय
काठमाडौँ । जिल्ला अदालत ललितपुरका कर्मचारीलाई हातपात गरेको आरोप लागेका अधिवक्ता अमिर लामिछानेलाई रिहा गर्ने निर्णय गरिएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले अधिवक्ता लामिछानेलाई आईतबार रिहा गर्ने निर्णय गरेका हुन् ।
‘सरकारी वकिल कार्यालयबाट आज फायल पेश भएको थियो’ प्रजिअ पण्डितले रातोपाटीसँग भने–‘साधारण तारखेमा रिहा गर्ने निर्णय भएको छ ।’ बुधवार अदालतकी नासु प्रेमिका तामाङ र अधिवक्ता लामिछानेबीच झगडा हुँदा तामाङलाई उनले हातपात गरेको आरोप थियो । नासुको जाहेरीपछि ललितपुर प्रहरीले उनलाई पक्राउ गरेको थियो । प्रहरीले आइतबार नै सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
कर्मचारी कुटपिटको विरोधमा शुक्रवार दिनभर र आइतबार चिया समय अघिसम्म अदालतका कर्मचारीले देशभर ‘पेन डाउन’ गरेका थिए । जिल्ला अदालत ललितपुरमा आइतवार कानुन व्यवासायीले बहस बहिष्कार गरेका छन् । नेपाल बारले ललितपुरको घटनालाई ‘भ्रष्टाचार विरुद्धको आन्दोलन’ भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण