करेन्ट लागेर विभिन्न स्थानमा चार जनाको मृत्यु
काठमाडौँ । देशका विभिन्न स्थानमा करेन्ट लागेर चार जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका-७ स्थित अनुबरा खोलामा भुसा लोड गरी बयलबासबाट ब्रहम्पुरीतर्फ जाँदै गरेको ना.४ ख ६९७६ नम्बरको ट्रक बाटोमा लत्रिएको विजुलिको तारमा छुन गई करेन्ट लाग्दा ट्रकमा लेबर काम गर्ने रौतहट घर भएका २४ वर्षीय संजय मुखियाको आइतबार दिउँसो मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै करेन्ट लागेर घाइते भएका ट्रक चालकको नेपाल मेडिसिटी अस्पताल बारामा उपचार भइरहेको छ ।
उता नवलपरासी (पूर्व) को मध्यविन्दु नगरपालिका १३ र १४ स्थित गोरे भन्ज्याङ भन्ने स्थानमा लत्रेको तारबाट करेन्ट लागेर सोही नगरपालिका-१४ बस्ने ७० वर्षीय मन बहादुर सोमैको आइतबार साँझ घटनास्थलमै मृत्यु भएको छ ।
यस्तै धादिङको निलकण्ठ नगरपालिका-३ सनत बजार बस्ने ४५ वर्षीय डम्बर बहादुर लामिछाने मगरको करेन्ट लागेर आइतबार राति मृत्यु भएको छ । सोही नगरपालिका-३ एमाले चोकस्थित मुलचोटोल सुधार समितिको सडकको बत्ति बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
त्यसैगरी अर्घाखाँचीको छत्रदेव गाउँपालका-३ मथुराबेशीस्थित के.बि. बेम्बो होटलमा काम गर्ने गुल्मी मुसिकोट नगरपालिका-३ पेगा घर भएका २६ वर्षीय बिमल महतको करेन्ट लागेर आइतबार राति मृत्यु भएको छ । सोही होटल नजिक मकैबारीमा बदेललाई धपाउनको लागि करेन्ट जोडी राखेको विजुलीको नाङगो तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारको क्रममा मृत्यु भएको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण