बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

लुम्बिनी प्रदेश : एमालेले भोलि पनि विरोध गर्ने, सत्तापक्ष भन्छ, 'बजेट पारित हुन्छ'

सोमबार, १८ असार २०८०, १९ : ४५
सोमबार, १८ असार २०८०

बुटवल । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभामा भोलि (मंगलबार) पनि विरोध जारी राख्ने भएको छ । सरकारले प्रदेशका निर्देशानालयहरुको खारेजीको निर्णय फिर्ता नलिएसम्म प्रदेशसभामा विरोध जारी राख्ने एमालेले जनाएको हो । 

एमालेले लुम्बिनी प्रदेशका प्रमुख सचेतक तलसी प्रसाद चौधरीले आफूहरुका माग सम्बोधन गर्न सरकारले अहिलेसम्म वार्ता र छलफल नगरेको भन्दै मंगलबार पनि विरोध जारी राख्ने बताए ।  उनले भने,'सरकारले हाम्रा मागको बेवास्ता गरेको छ । हाम्रा माग पुरा नभएकाले भोलि पनि संसद्  विरोध गर्नेछौँ ।'  

तर लुम्बिनी प्रदेशमा सत्ता पक्षले एमालेलाई पेलेर लगेका छन् । एमालेलाई बाहिर राखेर सत्ता पक्षले बजेटमाथि बोलेर छलफल सकाएका छन् । भोलि दफावार छलफल गर्ने कार्यसूची रहेको छ । 

सत्तापक्ष नेपाली कांग्रेसका प्रमुख सचेतक जन्म जय तिमिल्सेनाले एमालेका मागहरू सम्बोधन गर्न मुख्यमन्त्री र सत्तारुढ दलका नेताहरू गम्भीर भएर एमालेलाई मिलाउन लागिरहेको बताए ।  

मंगलबार बजेट पास हुने बताउँदै उनले एमालेले उठाएको निर्देशनालयको खारेज भन्ने शब्दलाई मिलाउने विषयमा छलफल भएको बताए ।

उनले सरकारले व्ययभार कम गर्न निर्देशनालय हटाउने भनिए पनि सबै कर्मचारी हटाउने भन्ने नभएको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप