बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

प्रियंकाले सासूलाई चुम्बन गर्दै भनिन्, ‘मेरी प्रेमिका’

मङ्गलबार, १९ असार २०८०, १४ : ०७
मङ्गलबार, १९ असार २०८०

अभिनेत्री प्रियंका कार्कीले सासूलाई ओठमा चुम्बन गरेको तस्बिर पोस्ट गर्दै उनलाई आफ्नी प्रेमिका बताएकी छिन् । सासू रबिना देशराज श्रेष्ठको अदालती विवाहको क्रममा खिचिएको तस्बिर पोस्ट गर्दै प्रियंकाले आफ्नी सासूको प्रशंसाको पुल बाँधेकी छिन् । 

आफ्नो सामाजिक सञ्जालमा उनले सासूको नयाँ वैवाहिक जीवनका लागि असाध्यै खुसी भएको समेत बताएकी छिन् । 

उनीले सुरुमै सासूलाई रामन्था भनेर सम्बोधन गरेकी छिन् । सासूलाई रामन्था भन्नुमा सानो कथा  भएको पनि प्रियंकाले बताएकी छिन् । उनी लेख्छिन्, ‘तपाईंलाई सुरुमा मेन्टर (हाम्रो भेट सम्भवतः मेगा बैंकमार्फत् भयो), त्यसपछि मेरो प्रेमीकी आमा (असाध्यै कुल) र त्यसपछि सासू र मेरी प्रेमिकाको रूपमा चिन्न पाउनु एक सुन्दर यात्रा हो ।’

priyankaउनी थप्छिन्, ‘यत्तिका वर्ष सँगै बिताइसकेपछि म पूर्ण आत्मविश्वासका साथ भन्न सक्छु कि तपाईंको आत्मा निकै सुन्दर छ । म तपाईंको मुटुले दिने निस्वार्थ माया, न्यानो अँगालो र चुम्बनलाई चिन्दछु ।’

‘तपाईंले जीवनको यो नयाँ अध्याय सुरु गर्दा म कति खुसी छु र कति पटक खुसीको आँसु झारेकी छु भन्ने कुरा भगवानलाई थाहा छ । तपाईंले आफू योग्य वर पाउनुभएको छ, उहाँले तपाईं खुसी बनाएको, तपाईंका दिनहरू उजिल्याएको र जीवनमा बहार ल्याएको देखेकी छु । ’

priyanka1‘मेरी आमा, तपाईं यी सबै खुसीको हकदार हुनुहुन्छ । म तपाईंका खुसीका दिन हेर्न, सबै साहसिक कार्यहरू सुन्न, सुन्दर तस्बिरहरू हेर्न र यो अति सुन्दर सम्बन्धको जादु महसुस गर्न प्रतीक्षारत छु । ’

उनले अन्तिममा लेखेकी छिन्, ‘ओह मम्सी, म असाध्यै दङ्ग छु । तपाईंका लागि धेरै खुसी पनि । म तपाईंलाई असाध्यै माया गर्छु ।’

पूर्व बैंकर रबिना देशराज श्रेष्ठले केही समय अघि बेलायती प्रेमी स्टुअर्ट च्यापम्यानसँग नेपाली परम्परा अनुसार विवाह गरेकी छिन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप