शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशसभामा उठ्यो जुम्लाको तातोपानी घटना

मङ्गलबार, १९ असार २०८०, १५ : ४६
मङ्गलबार, १९ असार २०८०

पोखरा । जुम्लामा अन्तरजातीय बिहेको निहुँमा घर आगजनी गरेको विषय गण्डकी प्रदेशसभामा उठेको छ । प्रदेश सांसद गोविन्दबहादुर नेपालीले विभेद उत्पीडन र अपराधको कुनै भौगोलिक सीमा नहुने भन्दै जुम्लाको घटना प्रदेशसभामा उठाएका हुन् । 

जुम्लाको तातोपानी ४ गिदी खोलामा अन्तरजातीय विवाहलाई लिएर मुकुन्द नेपालीको घर जलाएको विषय निन्दनीय भएको भन्दै सांसद नेपालीले दोषीलाई कारबाही गर्न माग गरेका हुन् । 

अन्तरजातीय विवाह गरेकै कारण जातीय भेदभावपूर्ण कार्य भएको भन्दै सांसद नेपालीले दोषीलाई कारबाहीको माग गरेका हुन् । 

‘आज परिवार विस्तापित भएको छ । त्यहाँ केटाकेटी र परिवारलाई परिवारको थ्रेट छ । ठूलो धनजनको क्षति भएको छ । यसकारण यस घटनाको निन्दा गर्दै  यो घटनामा दोषीमाथि कानुनी कारबाहीको माग गदर्छु,’ एमाले प्रमुख सचेतक समेत रहेको नेपालीले भने, ‘यस्ता घटना घट्नुअघि नै गण्डकी सरकारको पनि ध्यान जाओस् । धेरै घटना यहीँ पनि घटेका छन् ।’

यस्तै प्रदेशसभा सदस्य दमयन्ती रुचालले पनि शुन्य समयमा बोल्दै उक्त घटनामा प्रदेश सरकार र संघ सरकारको ध्यानाकर्षण गराएकी छन् । उनले दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गरेकी हुन् । ‘घर जलाइरहेका छन् । ६५ लाख बराबरको धन नष्ट भएको छ । विवाहित जोडी सम्पर्कमा नभएको र खोज कार्य भइरहेको छ,’ उनले भनिन्, ‘कहिलेसम्म नेपालका ६० लाख दलितहरूले अत्याचार बेहोर्नुपर्ने हो ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप