गण्डकी प्रदेशसभामा उठ्यो जुम्लाको तातोपानी घटना
पोखरा । जुम्लामा अन्तरजातीय बिहेको निहुँमा घर आगजनी गरेको विषय गण्डकी प्रदेशसभामा उठेको छ । प्रदेश सांसद गोविन्दबहादुर नेपालीले विभेद उत्पीडन र अपराधको कुनै भौगोलिक सीमा नहुने भन्दै जुम्लाको घटना प्रदेशसभामा उठाएका हुन् ।
जुम्लाको तातोपानी ४ गिदी खोलामा अन्तरजातीय विवाहलाई लिएर मुकुन्द नेपालीको घर जलाएको विषय निन्दनीय भएको भन्दै सांसद नेपालीले दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।
अन्तरजातीय विवाह गरेकै कारण जातीय भेदभावपूर्ण कार्य भएको भन्दै सांसद नेपालीले दोषीलाई कारबाहीको माग गरेका हुन् ।
‘आज परिवार विस्तापित भएको छ । त्यहाँ केटाकेटी र परिवारलाई परिवारको थ्रेट छ । ठूलो धनजनको क्षति भएको छ । यसकारण यस घटनाको निन्दा गर्दै यो घटनामा दोषीमाथि कानुनी कारबाहीको माग गदर्छु,’ एमाले प्रमुख सचेतक समेत रहेको नेपालीले भने, ‘यस्ता घटना घट्नुअघि नै गण्डकी सरकारको पनि ध्यान जाओस् । धेरै घटना यहीँ पनि घटेका छन् ।’
यस्तै प्रदेशसभा सदस्य दमयन्ती रुचालले पनि शुन्य समयमा बोल्दै उक्त घटनामा प्रदेश सरकार र संघ सरकारको ध्यानाकर्षण गराएकी छन् । उनले दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गरेकी हुन् । ‘घर जलाइरहेका छन् । ६५ लाख बराबरको धन नष्ट भएको छ । विवाहित जोडी सम्पर्कमा नभएको र खोज कार्य भइरहेको छ,’ उनले भनिन्, ‘कहिलेसम्म नेपालका ६० लाख दलितहरूले अत्याचार बेहोर्नुपर्ने हो ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण