बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

लुम्बिनी प्रदेशसभामा नाराबाजी गर्दै एमाले सांसद बाहिरिए

मङ्गलबार, १९ असार २०८०, १८ : २४
मङ्गलबार, १९ असार २०८०

बुटवल । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभाको बैठक बहिस्कार गरेको छ । मंगलबार बसेको प्रदेशसभा बैठकबाट एमालेका सांसदहरू बाहिरिएका हुन् । 

बैठकको सुरुमा एमालेका प्रदेशसभा सदस्य विष्णु पन्थीले बोलेपछि सांसदहरू नाराबाजी गर्दै बाहिरिएका छन् । एमाले प्रमुख सचेतक तुल्सी प्रसाद चौधरीले आफ्ना मागहरु पुरा नहुँदासम्म प्रदेशसभा बैठक बहिस्कार गर्ने बताए । 

यसअघि बैठकमा बोल्दै सांसद पन्थीले सडकबाट आएका व्यक्तिहरुले दिएका योजनाहरु बजेटमा समावेश भएकोले सांसदको गरिमा र सरकारको औचित्यमाथि प्रश्न उठेको भन्दै बजेट सच्चाउन माग गरेका थिए । 

सांसद पन्थीले मुख्यमन्त्री डिल्ली बहादुर चौधरीलाई संसदमा उपस्थित भएर जवाफ दिन आग्रह गरे । उनले प्रदेशका हचुवाको भरमा बजेट ल्याउँदा क्रमागत र गौरवका आयोजनाको बजेट काटिएको बताए । 

एमाले संसादहरु संसदबाट बाहिर गएपनि बैठक जारी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप