लुम्बिनी प्रदेशसभामा नाराबाजी गर्दै एमाले सांसद बाहिरिए
बुटवल । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभाको बैठक बहिस्कार गरेको छ । मंगलबार बसेको प्रदेशसभा बैठकबाट एमालेका सांसदहरू बाहिरिएका हुन् ।
बैठकको सुरुमा एमालेका प्रदेशसभा सदस्य विष्णु पन्थीले बोलेपछि सांसदहरू नाराबाजी गर्दै बाहिरिएका छन् । एमाले प्रमुख सचेतक तुल्सी प्रसाद चौधरीले आफ्ना मागहरु पुरा नहुँदासम्म प्रदेशसभा बैठक बहिस्कार गर्ने बताए ।
यसअघि बैठकमा बोल्दै सांसद पन्थीले सडकबाट आएका व्यक्तिहरुले दिएका योजनाहरु बजेटमा समावेश भएकोले सांसदको गरिमा र सरकारको औचित्यमाथि प्रश्न उठेको भन्दै बजेट सच्चाउन माग गरेका थिए ।
सांसद पन्थीले मुख्यमन्त्री डिल्ली बहादुर चौधरीलाई संसदमा उपस्थित भएर जवाफ दिन आग्रह गरे । उनले प्रदेशका हचुवाको भरमा बजेट ल्याउँदा क्रमागत र गौरवका आयोजनाको बजेट काटिएको बताए ।
एमाले संसादहरु संसदबाट बाहिर गएपनि बैठक जारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण