बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश : एमालेको व्यवहार प्रति सत्ता पक्षका सांसदहरूले आपत्ति

मङ्गलबार, १९ असार २०८०, २० : १८
मङ्गलबार, १९ असार २०८०

दाङ । लुम्बिनी प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले देखाएको व्यवहार प्रति सत्ता पक्षका सांसदहरूले आपत्ति जनाएका छन् । मंगलबार बसेको प्रदेशसभाको बैठकमा एमालेले बजेट किताब च्यातेर नाराबाजी गर्दै संसदबाट बाहिरिएको थियो ।

संसदबाट बाहिर आएलगत्तै पत्रकार सम्मेलन गर्दै एमालेले सत्ता पक्ष पेलेर अगाडि बढेको भन्दै यथास्थितिमा संसद् बैठकमा भाग नलिने बताएको छ ।  

संसद् बैठकमा बोल्दै प्रदेशसभा सदस्यहरूले एमालेले बजेट किताब च्यातेर संसदीय मर्यादा उल्लंघन गरेको टिप्पणी गरेका छन् । 

नेपाली कांग्रेसकी सचेतक निमा गिरीले बजेट किताब च्यातेर नाराबाजी गर्नु संसदीय मर्यादा विपरीत भएको टिप्पणी गरेकी छन् । उनले एमालेले माफी माग्नुपर्ने बताइन् ।  

यस्तै  सांसद सन्जु कुमारी चौधरी , तारा थापा , दिल कुमारी बुढाले  बजेट पास गर्न आग्रह गरेका छन् । 

प्रदेशसभा बैठकमा सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मन्त्रालयका विभिन्न शीर्षकमाथि समूहगत रुपमा छलफल सकिएको छ । अव विषयगत मन्त्रालयमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने छन् ।   

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप