सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
युवाहरूको कथा 'लेट्स अभिनय गरौँ' (तस्बिरहरू)

युवाहरूको कथा 'लेट्स अभिनय गरौँ' (तस्बिरहरू)

बुधबार, २० असार २०८०

काठमाडाैँ । कौसी थिएटरमा अहिले युवापुस्ताको कथा र बेथामा बनेको नाटक मञ्चन भइरहेको छ । एक हुल युवा युवतीहरू आफ्नो जीवनीको फ्रस्टेसन, नाच र सङ्गीत मार्फत दर्शकको मन जितिरहेका छन् । 

नाटक सुरु हुन्छ एक हुल युवाको देशमा के गर्ने भन्ने योजनाबाट । उनीहरूको पीडा फ्रस्टेसन र बेरोजगारीसँग जोडिन्छ । सबैको आफ्नो आफ्नो सोच,  आफ्नो आफ्नो बाटो हुन्छ तर कोही कतै सफल भएको देखिँदैन । 

नाटक नाच र सङ्गीतले अझ सुनमा सुगन्ध दिएको छ । बिहान उठेर नित्य कर्म गरेर सबै आफ्नो आफ्नो गन्तव्यमा लागेको देखिन्छ । काठमाडौँ कै कथासँग जोडेर युवाको अवस्था दैनिकी र पीडा नाटकमा देखाइएको छ । कसैको दिन लाइनमा बित्छ, कसैको चुरोट खाएर त कसैको कुरा काटेर त कसैको जागिर खोज्दा खोज्दै दिन बित्छ । 

हो यस्तै कथाहरू जोडेर लेट्स अभिनय गरौँ सिर्जना भएको निर्देशक तथा रङ्गकर्मी सुदाम सिके बताउँछन् । कौसी थिएटरमा मञ्चन भएको यो नाटक असार ६ गतेदेखि १७ गतेसम्म देखाइने तय भए पनि  दर्शकको मागलाई लक्षित गरेर थप ६ वटा सो मञ्चन गरिने निर्देशक सुदाम सिके बताउँछन् । - नेपाल फोटो लाइब्रेरी

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया