सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
बुधबार, २० असार २०८०, ११ : १३
काठमाडौँ । नेपाली स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै हिजो मंगलबारको तुलनामा सामान्य मूल्य बढेको जनाएको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ । यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५० रुपैयाँ पुगेको छ ।
हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ८५० रुपैयाँ छ । हिजो सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको थियो । यस्तै, चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेसँगै प्रतितोला १३ सय ८० रुपैयाँ पुगेको छ । हिजो चाँदीको कारोबार प्रतितोला १३ सय ७५ रुपैयाँमा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिलको निरश विश्वकप बहिर्गमनपछि रोनाल्डोको मौनता तोडियो, नेयमारको भविष्यबारे गरे खुलासा
-
सुतेकै अवस्थामा कैदीको मृत्यु
-
अमेरिकी हवाई आक्रमणमा दक्षिणी इरानमा ३० भन्दा बढी सर्वसाधारण मारिए
-
करार कर्मचारी हटाउने तयारीको विरोधमा सिंहदरबारमा धर्ना (तस्बिरहरू)
-
इन्टर्न चिकित्सकको माग सम्बोधन गर्न नेपाल चिकित्सक सङ्घको आग्रह
-
लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण