दलितको घर जलाइएको भन्दै जसपाको विरोध प्रदर्शन
बुधबार, २० असार २०८०, १४ : ५६
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले नेपालमा हुँदै आएको जातीय विभेदविरुद्ध बुधबार खबरदारी कार्यक्रम गरेको छ । हालै जुम्लामा अन्तरजातीय विवाह गरेको विरोधमा घरमा आगजनी गरिएको र दाङमा कथित तल्लो जात रहेको भनी डेराबाट निकालिएको घटनाको विरोधमा खबरदारी कार्यक्रम गरिएको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
जुम्लाको तातोपानी गाउँपालिकाका २१ वर्षीय मुकुन्द नेपालीले स्थानीय एक किशोरीलाई भगाएपछि विवाद उत्पन्न भएको थियो । मुकुन्दले उच्च जातकी स्थानीय नाबालिग किशोरीलाई भगाएको प्रहरीको भनाइ छ । सोही घटनापछि किशोरीका दाजुसहित परिवारका सदस्यले उनको घरमा आगो लगाएका थिए ।
_UHm4ldSwuT.jpg)
_GsxxDEfi3G.jpg)
_nU3ZlOJ3cq.jpg)
_UFQf2dtfqr.jpg)
_MPZYKAK4Im.jpg)
_dyvlOaSB8W.jpg)
_QEJImpaOSo.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले गर्यो १० सचिवको सरुवा
-
किसान बचाउन ६ लाख बाँदर मार्नुपर्छ, जेल जान पनि डराउँदिनँ: सांसद राई
-
कैलालीमा भेटिएको शंकास्पद वस्तु डिस्पोज
-
४४ लाख मूल्य बराबरको भन्सार छलीको सामान बरामद
-
बजेटभन्दा मुलुकको अस्मिता र राष्ट्रियता महत्वपूर्ण, सरकार जवाफदेही बनेन: सांसद केरुङ
-
प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति कि पुष्टि हुनुपर्छ कि सच्चाइनुपर्छ : बराल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण