शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

दलितको घर जलाइएको भन्दै जसपाको विरोध प्रदर्शन

बुधबार, २० असार २०८०, १४ : ५६
बुधबार, २० असार २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले नेपालमा हुँदै आएको जातीय विभेदविरुद्ध बुधबार खबरदारी कार्यक्रम गरेको छ ।  हालै जुम्लामा अन्तरजातीय विवाह गरेको विरोधमा घरमा आगजनी गरिएको र दाङमा कथित तल्लो जात रहेको भनी डेराबाट निकालिएको घटनाको विरोधमा खबरदारी कार्यक्रम गरिएको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 

जुम्लाको तातोपानी गाउँपालिकाका २१ वर्षीय मुकुन्द नेपालीले स्थानीय एक किशोरीलाई भगाएपछि विवाद उत्पन्न भएको थियो । मुकुन्दले उच्च जातकी स्थानीय नाबालिग किशोरीलाई भगाएको प्रहरीको भनाइ छ । सोही घटनापछि किशोरीका दाजुसहित परिवारका सदस्यले उनको घरमा आगो लगाएका थिए ।

 

jumla dalit house burnt (1)jumla dalit house burnt (2)jumla dalit house burnt (3)jumla dalit house burnt (4)jumla dalit house burnt (6)jumla dalit house burnt (7)jumla dalit house burnt (8)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप