जेनरेटरमा आगलागी भएपछि स्थगित लुम्बिनी प्रदेशसभा बैठक पुनः सुरु
बुधबार, २० असार २०८०, १६ : ५२
बुटवल । लुम्बिनी प्रदेशसभा बैठक पुनः सुरु भएको छ । जेनरेटरमा आगलागी भएपछि स्थगित भएको प्रदेशसभा बैठक पुनः सुरु भएको हो ।
१० मिनेटका लागि स्थगित गरिएको बैठक विद्युत् आपूर्तिमा गडबडी भएपछि करिब दुई घण्टा ढिलो गरी सुरु भएको छ । बैठकमा समसामयिक विषयमा बोल्नका लागि समय दिइएको थियो ।
प्रदेशसभा बैठकको सुरुमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सम्बोधन गरेका थिए । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरी बोल्दै गर्दा जेनरेटरमा आगलागी भएको थियो ।
पुनः सुरु भएको बैठकमा प्रदेशसभा सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण