भिभोको वाई सिरिजका स्मार्टफोनहरूमा छुट
काठमाडौँ । भिभोले जुलाई १ देखि जुलाई ३१ सम्म ‘मनसुन फेस्टिभल’ योजना ल्याएको छ । यस योजना अन्तर्गत आफ्ना लोकप्रिय वाई सिरिजका मोबाइल फोनहरूको मूल्य घटाएको छ ।
ब्रान्डले वाई२२एस, वाई१५सी, वाई१६, वाई०२, वाई२२ र वाई०१ स्मार्टफोनहरूमा छुट दिने घोषणा गरेको हो । ग्राहकहरूले नेपालका विभिन्न स्थानहरू रहेका भिभोको रिटेल स्टोरहरूमा तथा इ–कमर्स साइटहरूमा यस अफरको भरपुर लाभ लिन सक्छन् ।
वाई२२एस स्मार्टफोनको मूल्य रु. २७,९९९ बाट घटाइएर यसअफर अवधि भरि वाई२२एस रु. २५,४९९ मा उपलब्ध हुनेछ । वाई१५सीको मूल्य रु. १७,९९९ बाट घटेर रु १४,९९९ पुगेको छ । रु १८,९९९ मूल्य रहेको वाई१६ स्मार्टफोन मनसुन फेस्टिभल अफरअन्तर्गतको छुट पश्चात् नयाँ मूल्य रु १७,९९९ मा उपलब्ध हुनेछ ।
वाई०२ स्मार्टफोनको मूल्य १२,४९९ बाट घटाएर अफर अवधिका लागि रु ११,९९९ मा उपलब्ध गराइनेछ । वाई२२ स्मार्टफोनको बजार मूल्य रु २२,९९९ भए पनि ३१ जुलाईसम्म रु. २१,४९९ मा उपलब्ध हुनेछ । रु १३,९९९ बजार मूल्य रहेको वाई०१ स्मार्टफोन अफर अवधिसम्म रु १२,९९९ मा उपलब्ध हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण