शुक्रवार सिंहदरबार घेर्ने तयारीमा देशैभरका स्थानीय तहका जनप्रतिनिधि
काठमाडौँ । देशैभरका स्थानीय तहका जनप्रतिनिधिहरूले शुक्रबार सिंहदरबार घेर्ने कार्यक्रम बनाएका छन् ।
नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाका अनुसार सरकारले स्थानीय तहलाई दिँदै आएको ५० प्रतिशत अनुदान कटौती गरेको विरुद्धमा देशभरका जनप्रतिनिधिहरूले भोलि सिंहदरबार घेर्न लागेका हुन् ।
सरकारले स्थानीय तहलाई ५० प्रतिशत अनुदान कटौती गरेको र कटौतीको निर्णय फिर्ता नहुँदासम्म आन्दोलन गर्ने उनले बताए ।
त्यसका लागि नगरपालिका संघले बिहीबार उपत्यकामा रहेका स्थानीय तहका जनप्रतिनिधिलाई काठमाडौँमै बस्न र शुक्रबार १० बजेसम्म देशभरिका स्थानीय तहका जनप्रतिनिधिलाई काठमाडौं आउन आह्वानसमेत गरेको छ ।
यसैबीच बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले स्थानीय तहमा कटौती गरेको वित्तीय सम्मानीकरण अनुदानको रकममध्ये ४० प्रतिशत रकम हस्तान्तरण गने निर्णय गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण