सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत ढकाल दुई लाख घुससहित पक्राउ
शुक्रबार, २२ असार २०८०, १६ : ०३
काठमाडौं । मोरङको सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाललाई घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ ।
नगरपालिका कार्यालयको विभिन्न मर्मत सम्भार कार्यको भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उनलाई कार्यकक्षबाटै आयोगको ईटहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको जनाइएको छ ।
आयोगका प्रवक्ता एवं सहसचिव भोला दाहालका अनुसार लेखा अधिकृत ढकालले घुस लिएको भन्ने सूचनाका आधारमा खटिएको टोलीले दुई लाख रुपैयाँ नगदसहित उनलाई नियन्त्रणमा लिएको जनाए । उनीमाथि थप अनुसन्धान भइरहेको दाहालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण