सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत ढकाल दुई लाख घुससहित पक्राउ

शुक्रबार, २२ असार २०८०, १६ : ०३
शुक्रबार, २२ असार २०८०

काठमाडौं । मोरङको सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाललाई घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ ।

नगरपालिका कार्यालयको विभिन्न मर्मत सम्भार कार्यको भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उनलाई कार्यकक्षबाटै आयोगको ईटहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको जनाइएको छ ।

आयोगका प्रवक्ता एवं सहसचिव भोला दाहालका अनुसार लेखा अधिकृत ढकालले घुस लिएको भन्ने सूचनाका आधारमा खटिएको टोलीले दुई लाख रुपैयाँ नगदसहित उनलाई नियन्त्रणमा लिएको जनाए । उनीमाथि थप अनुसन्धान भइरहेको दाहालको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप