शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सामाजिक विकृतिविरुद्ध प्रहरीको यस्तो अभियान

शनिबार, ०३ चैत २०७४, १० : ३३
शनिबार, ०३ चैत २०७४

सुर्खेत - जिल्ला प्रहरी कार्यालय सुर्खेतले सामाजिक विकृतिका विरुद्ध विभिन्न अभियान थालेको छ । 

शुक्रबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जिल्लामा सबैभन्दा लागुऔषध दुव्र्यसनको समस्या रहेको बताए । उनले भने, “घरेलु हिंसाका कारण लोकल मदिरा भएकाले यसको नियन्त्रणका लागि प्रहरी गस्ती परिचालन गरेका छौँ ।” 

साउनयता लागुऔषधका १८ मुद्दा दर्ता भएको र २८ अभियुक्त पक्राउ परेको कार्यालयले जनाएको छ । 

आठ महिनामा जिल्ला प्रहरी कार्यालयमा पछिल्लो आठ महिनाको अवधिमा विभिन्न प्रकृतिका २६६ मुद्दा दर्ता भएका छन् । 

त्यसैगरी चालु आर्थिक वर्षमा १५४ महिला तथा बालबालिका हराएकामा १०० जनालाई फेला पाएिको छ भने ५४ जना फेला पर्न बाँकी रहेको तथ्यांकमा उल्लेख छ । 

यस्तै आठ महिनाका अवधिमा ट्राफिक नियम उल्लंघन गरेकाले आठ हजार ७११ जनालाई कारवाही गरिएको र करीव ५१ लाख ३६ हजार राजश्व संकलन भएको कार्यालयले जनाएको छ । 

पुरानै दरबन्दीमा प्रहरी 
जिल्ला प्रहरी कार्यालयमा अझै पनि २० वर्ष पुरानै दरबन्दीमा काम गर्नुपर्दा आपराधिक गतिविधि नियन्त्रण गर्न चुनौती थपिएको कार्यालयले जनाएको छ । 

नगरपालिकामा प्रहरी नायब उपरीक्षकको नेतृत्वमा १०० र गाउँपालिकामा प्रहरी निरीक्षकको नेतृत्वमा ७५ प्रहरी जनशक्ति व्यवस्थापन गर्नुपर्ने चतुर्वेदीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप