कार्यक्रमको ठीकअघि कोरियन गायिका मृत फेला
सोल । दक्षिण कोरियाकी सोपरानो गायिका ली साङ यून एक कार्यक्रममा प्रस्तुति दिनअघि मृत फेला परेकी छन् । आफ्नो प्रस्तुति अघि उनी महिला शौचालयमा मृत फेला परेकी हुन् । सञ्चारमाध्यमका अनुसार कार्यक्रमका एक सदस्यले साङको शव फेला परेका थिए । त्यसपछि उनले तत्कालै प्रहरीलाई खबर गरेका थिए । प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ ।
साङ गत ६ जुलाईमा एक कार्यक्रममा प्रस्तुति दिन लागेकी थिइन् । त्यसका लागि उनी ब्याक स्टेज थिइन् र बाहिर दर्शक उनको प्रतीक्षामा थिए । तर, प्रस्तुतिको ठिक अघि उनी एकाएक गायब भइन् । लामो समयसम्म पनि उनी स्टेजमा नआएपछि कार्यक्रममा सदस्यहरूले उनको खोजी सुरु गरेका थिए ।
स्थानीय मिडिया न्युज १ सँग कुराकानी गर्दै एक सदस्यले भने, ‘साङ स्टेजमा आउने समय भइसकेको थियो । तर, उनी ब्याक स्टेजमा थिइनन् । जब हामीले उनको खोजी सुरु गर्यौँ, बाथरुमको भुइँमा लडेको अवस्थामा फेला पार्यौँ ।’
योनहाप न्युजको रिपोर्टमा सुरुवाती जाँचमा साङको शरीरमा हिंसाको कुनै सङ्केत देखिएको छैन । सोपरानो गायकीका लागि चर्चित ४६ वर्षीया साङ दक्षिण कोरियाको सोल नेसनल युनिभर्सिटीबाट स्नातक गरेकी हुन् । उनले अमेरिकाबाट स्नातकोत्तर पूरा गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण