नाका शील भएपछि पशुपतिनगर बजार सुनसान
इलाम। इलामको पशुपतिनगर नाका शील भएपछि बजार सुनसान भएको छ । भारतको पश्चिम बङ्गालस्थित दार्जिलिङ जिल्लामा हुन लागेको पञ्चायत जनरल निर्वाचनका लागि नेपाल–भारतबीच पर्ने इलामको पशुपतिनगर नाका तीन दिनका लागि शील गरिएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।
बिहीबार साँझ ५ बजे शील गरिएपछि शुक्रबार र शनिबार बजार सुनसान भएको हो । “भारत, बङ्गलादेश, भुटानलगायत पर्यटक आउने नाका शील भएपछि दुई दिनदेखि व्यापार ठप्प भएको छ”, व्यापारी रोहित श्रेष्ठले भने, “यहाँको बजार बाह्य पर्यटकमा निर्भर छ ।”
व्यवसायी रामसिंह यादव भन्छन् , “कोरोना कहरदेखि यता चहलपहल निक्कै बढेको थियो । हिजो र आज लकडाउनकै सम्झना आयो ।” दार्जिलिङमा आज उक्त निर्वाचन हुँदैछ । आज बेलुकी ५ बजेपछि मात्र नाका खुल्ला हुने इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।
दार्जिलिङ र मिरिकबाट नेपाल प्रवेश र नेपालबाट भारत प्रवेश गर्ने सूर्योदय नगरपालिकाको पशुपतिनगर इलामको पूर्वी नाका हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि दाबेदार फ्रान्स कसरी बन्यो स्पेनविरुद्ध यति निरीह ?
-
प्रतिनिधिसभामा विपक्षी दलहरूले गरे उठेर विरोध
-
उपसभामुखको नेतृत्वमा ५ सदस्यीय संसदीय टोली चीन प्रस्थान
-
ब्राजिलको निरश विश्वकप बहिर्गमनपछि रोनाल्डोको मौनता तोडियो, नेयमारको भविष्यबारे गरे खुलासा
-
सुतेकै अवस्थामा कैदीको मृत्यु
-
अमेरिकी हवाई आक्रमणमा दक्षिणी इरानमा ३० भन्दा बढी सर्वसाधारण मारिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण