असार सकिन लाग्दा पनि कर्णालीमा ६० प्रतिशतमात्र रोपाइँ
आइतबार, २४ असार २०८०, ०८ : २४
सुर्खेत । कर्णालीमा असार सकिन लाग्दा करिव ६० प्रतिशत धान रोपाइँ भएको छ । कर्णाली प्रदेश कृषि विकास निर्देशनालयका अनुसार डोल्पामा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले जानकारी दिए।
उनका अनुसार हुम्लामा ८४ दशमलव ०३ प्रतिशत, मुगुमा ६० प्रतिशत, सल्यानमा ७० प्रतिशत, रुकुमपश्चिममा ६० प्रतिशत रोपाइँ भएको छ । दैलेखमा भने अहिलेसम्म आधा रोपाइँ पनि हुनसकेको छैन । निर्देशक रोकायले दैलेखमा अहिलेसम्म ४५ प्रतिशतमात्रै रोपाइँ भएको हो ।
यसैगरी जाजरकोटमा ७५ प्रतिशत रोपाइँ हुँदा जुम्लामा भने ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । सुर्खेतमा ५५ दशमलव पाँच प्रतिशत रोपाइँ भएको छ । कर्णालीमा ४८ हजार एक सय ३३ हेक्टर जमिनमा धानखेती गरिँदै आएको छ भने सल्यान र सुर्खेतमात्रै धानमा आत्मनिर्भर रहेको रोकायले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा भेला गर्दै देउवा समूह
-
विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन
-
पूर्वमन्त्री गुप्तासहितको भ्रष्टाचार मुद्दा ‘हेर्न नभ्याउने’ सूचीमा राखियो
-
निर्धारित समयमा मन्त्रालयहरूले गर्न सकेनन् ओएण्डएम, गुपचुप थपियो समय
-
कम्पनी तथा उद्योग दर्ताको विवरण अब ‘रियल टाइम’ मै हेर्न सकिने
-
दक्षिण कोरियाका मुख्य प्रशिक्षकद्वारा राजीनामा, ज्यान मार्ने धम्कीपछि उच्च सुरक्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण