विराटनगरमा महिलाका लागि आत्मरक्षा तालिम
विराटनगर । महिलाहरूको आत्मरक्षाका लागि विराटनगरमा दुई दिने आत्मरक्षा सम्बन्धी तालिम सम्पन्न भएको छ । आत्मरक्षा सम्बन्धी तालिम कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको हो ।
पछिल्लो समय महिलाहरू असुरक्षित बन्दै गएको र उनीहरूको आत्मबल बढाउने उद्देश्यले तालिम आयोजना गरिएको बताइएको छ । तालिममा महिलाहरूले घरेलु हिंसा, साथीभाइबाट हुने हिंसा, सहकर्मीबाट हुने हिंसा, शिक्षक वा गुरुबाट हुने हिंसा, पारिवारिक हिंसालगायत अन्य विभिन्न किसिमका हिंसालाई कसरी पहिचान गर्ने र त्यसबाट कसरी आफ्नो बचाउ गर्ने विषयमा प्रशिक्षण दिइएको थियो ।
तालिममा प्रयोगात्मक अभ्याससमेत गराइएको थियो । आत्मरक्षा तालिममा सुनसरी र मोरङका निजी तथा सामुदायिक विद्यालयको सहभागिता रहेको थियो । कक्षा ९ र १० मा अध्ययनरत एक सय ५० जनाभन्दा बढी छात्राले भाग लिएका थिए । काठमाडौँ र प्रदेशका पाँच जना प्रशिक्षकले उनीहरूलाई प्रशिक्षण दिएका थिए ।
एनआरएनकी पूर्व अध्यक्ष रोजिना प्रधान राई, प्रदेश खेलकुद बोर्डकी उपाध्यक्ष जिन कार्की, नेपाल ब्याडमिन्टन सङ्घका केन्द्रीय सदस्य विनोद डाँगीलगायतले प्रशिक्षणका सहभागीलाई शुभकामना दिँदै तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्दै साथीहरूलाई समेत सिकाउन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण