सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
ललिता निवास प्रकरण

समरजङ्ग कम्पनीका प्रमुख घिमिरे र नापी सर्वेक्षक अर्याल पक्राउ

पक्राउ पर्नेको सङ्ख्या  ११ पुग्यो
आइतबार, २४ असार २०८०, १५ : ३०
आइतबार, २४ असार २०८०

काठमाडौँ । बालुवाटार स्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ध्रुवप्रसाद अर्याल र लोकहरि घिमिरे छन् । 

अर्याल र घिमिरेलाई काठमाडौँबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोकी प्रमुख एआईजी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् । आरोपी अर्याल तत्कालीन नापी कार्यालय काठमाडौँबाट ललिता निवासको जग्गा नाप जाँचमा खटिएका सर्वेक्षक हुन् । घिमिरे समरजङ्ग कम्पनीका प्रमुख थिए ।

गृह मन्त्रालय मातहत रहेको समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख (नासु) रमेश कुमार पोखरेल, पशुपति टिकिन्छा गुठीको नक्कली मोही देव नारायण महर्जन, तत्कालीन वडा सचिव शिवजी भट्टराई, नापी कार्यालयका कर्मचारी घमान कुमार कार्की र ‘नक्कली मोही’ बाबुराजा महर्जन यसअघि पक्राउ परेका थिए । त्यस्तै, पूर्व निर्वाचन आयुक्त सुधीर कुमार शाह पनि पक्राउ परेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप