बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

वीरेन्द्रनगरबाट एकैदिन ४ जना लागुऔषध कारोबारी पक्राउ

सोमबार, २५ असार २०८०, १७ : ०४
सोमबार, २५ असार २०८०

सुर्खेत । सोमबार वीरेन्द्रनगरबाट चार जना लागुऔषध कारोबारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वीरेन्द्रनगर नगरपालिका–५ राधाकृष्ण मन्दिरस्थित लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा हानेको थियो । त्यसक्रममा वीरेन्द्रनगर नगरपालिका– ५ बस्ने २६ वर्षीय अमर विक, २२ वर्षीय राजन केसी र सोही ठाउँमा ३२ वर्षीय ढकेन्द्र विकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उनीहरुको साथबाट २८० मिलिग्राम लागुऔषध ब्राउन रहेको थियो  ।

यस्तै वीरेन्द्रनगर नगरपालिका–३ मुलपानी चोकको एक होटलबाट पनि एक जना लागुऔषध कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा २६ वर्षीय बलबहादुर भारती रहेका छन् । उनको साथबाट ४ पुडिया लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।  पक्राउ परेका चारैजनामाथि आवाश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप