बाइडेनले बेलायती राजाको ढाडमा हात राखेपछि विवाद, शाही प्रोटोकल तोडेको आरोप
लन्डन । अमेरिकी राष्ट्रपति जो बाइडेन अहिले युरोप भ्रमणमा छन् । यस क्रममा उनले विन्डसर क्यासलमा राजा चार्ल्स तृतीयालाई पनि भेटे।
राजा चार्ल्स तृतीयले पनि अमेरिकी राष्ट्रपतिलाई न्यानो स्वागत गरे। यसै क्रममा केही भयो, जसको अहिले चर्चा भइरहेको छ । केही मानिसले त्यसलाई शाही प्रोटोकलको उल्लङ्घन भनेका छन्।
अमेरिकी राष्ट्रपति सुरक्षाको एस्कॉर्टको साथ 'द बिस्ट' भनेर चिनिने आफ्नो आधिकारिक गाडीमा विन्डसर क्यासल आइपुगे। यहाँ राजा चार्ल्स तृतीयाले हात जोडेर स्वागत गरे। त्यसपछि दुवै देशको राष्ट्रिय गान बजाइएको थियो ।अमेरिकी राष्ट्रपतिले राजासँगै वेल्स गार्डको पनि निरीक्षण गरेका थिए ।
तर विवाद त्यो बेला उत्पन्न भयो जब बाइडेनले राजा चार्ल्सको ढाडमा आफ्नो हात राखे। अहिले उनलाई के आरोप लागेको छ भने त्यसो गरेर उनले शाही प्रोटोकल तोडेका छन् । राजाको ढाडमा हात राख्न मिल्दैन, सुहाउँदैन ।
यद्यपि, बकिंघम प्यालेस स्रोतले भने यसलाई व्यक्ति र देश दुवैको विगतको न्यानोपन र स्नेहको प्रतीकको रूपमा वर्णन गरेको छ। 'राष्ट्रपति जो बाइडेनले राजाको पीठ छोएको पूर्ण रूपमा सहज नै थियो, यो दुई व्यक्ति र तिनीहरूका राष्ट्रहरू बीचको न्यानोपन र स्नेहको अद्भुत प्रतीक थियो', स्रोतले भन्यो।
चार्ल्स तृतीय राजा बनेपछि उनीसँग अमेरिकी राष्ट्रपति जो बाइडेनको यो पहिलो औपचारिक भेट थियो । सो क्रममा बेलायती राजा र अमेरिकी राष्ट्रपतिबीच जलवायु परिवर्तनविरुद्धको लडाइँबारे छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण