यसरी आयो मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ३० करोड नदिए हत्या गर्ने धम्की
काठमाडौँ । ‘तपाईंको नाम २ नम्बरमा छ । ३० करोड नदिए अपहरण गरी हत्या गरिदिन्छु’, खोटाङ राहबेशी गाउँपालिका वडा नम्बर १ राहबेशी स्थायी घर भएका रमेश कुमार गुरुङले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई यसरी पटक पटक धम्क्याए ।
यतिमात्रै होइन उनले हत्या गर्नको लागि योजना बनिसकेको भन्दै ज्यान बचाउने भए मागेको जति रकम दिन समेत दबाब दिइरहे ।
प्रसाईलाई धम्क्याउन उनले गत असार १३ गत साँझ ६ बजेर १२ मिनेटदेखि प्रवेश लामाको नामबाट पटक पटक फोन गरिरहे । ‘हत्या गर्नको लागि योजना बनिसकेको छ । यदि सुरक्षित हुन चाहनु हुन्छ भने रकम दिनुपर्ने हुन्छ, डिमाण्डको रकम उपलब्ध गर्नु भयो भने तपाईंको जीवन बच्न सक्छ,’ फोन तथा पटक पटक एसएमएस समेत गरी गुरुङले ३०करोड रकम माग गरेको प्रहरीले जनाएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बार्गेनिङ पछि फिरौती लिन आएको अवस्थामा गुरुङलाई मंगलबार पक्राउ गरेको हो । प्रसाईले प्रहरीमा दिएको उजुरीको आधारमा अनुसन्धान गर्दै जाँदा अभियुक्तसम्म पुग्न सफल भएको हो ।
उनलाई आवश्यक अनुसन्धान कारवाहीको लागिप्रहरी वृत्त महाराजगन्ज पठाइएको ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक संजय सिंह थापाले जानकारी दिए ।
हाल काठमाडौँको चुनदेबीमा बस्ने उनलाई महाराजगन्जबाट सीआईबीको टोलीले पक्राउ गरेको हो । अभियुक्तविरुद्ध अपहरण तथा शरीर बन्धक उद्योग मुद्दामा अनुसन्धान भइरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण